डा इन्दुल केसीलाई अभिनन्दन
फाल्गुन १७, २०७९, बुधबार | दिउँसो १२:०४ बजे | 40
काठमाडौं, फागुन १७
योगी नगरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्द्धारा सुप्रसिद्ध विद्धान, साहित्यकार, लेखक, कवि तथा समाजसेवी सनातन धर्म, संस्कृति सेवा, प्रशाशक, कानुनविद् नेपालरत्न डा इन्दुल केसीलाई काठमाडौं बानेश्वरस्थित रत्न पुस्तकालयको सभाकक्षमा आयोजित एक भव्य समारोहमा अभिनन्दन गरिएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि बरिष्ठ साहित्यकार एवं राष्टबादी विचारक प्राडा शाश्त्रदत पन्त हुनुहुन्थ्यो । सभाको सभापतित्व योगी नरहरिनाथ टष्ट अत्यात्मिक परिषद् नेपाल तथा विश्व हिन्दु महासंघका अध्यक्ष शंकर पौडेलले गर्नुभएको थियो । त्यस सभामा शशीविक्रम राणा, डा नयनाथ पौडेल, कानुनविद् धु्रबलाल श्रेष्ठ, इतिहासविद् विमलराज खरेल तथा समाजसेवी श्रीमति गुहेश्वर ध्वजूलाई पनि सम्मान गरिएको थियो ।