नेपालमा वार्षिक ४२ हजार भन्दा वढी मानिसको मृत्युको कारण वायुप्रदूषण
फाल्गुन १६, २०७९, मङ्गलबार | विहान ११:५४ बजे | 5
भक्तपुर । चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले वातावरण प्रदूषण गर्ने कुनै पनि उद्योग आगामी वर्षमा स्थानातन्तरण गर्न उद्योगीहरुसँंग अनुरोध गरेका छन् । जिल्ला प्रशाशन कार्यालय भक्तपुर र जिल्लास्तरीय स्वच्छ हावा प्रबद्र्धन सञ्जाल भक्तपुरले मंगलबार जिल्ला समन्वय समितिको हलमा वायुप्रदूषण न्युनीकरण एवं रोकथाम विषयक अन्तरक्रिया कार्यक्रममा भक्तपुर काठमाडौं उपत्यकाकै सवैभन्दा प्रदूषित रहेको भनेर तथ्यांक आएको त्यसमा पनि चाँगुनारायण सवैभन्दा वढी प्रदूषित नगर भनेर आएकोमा दुःख व्यक्त गरे । नगरलाई स्वच्छ बनाउन अर्काे वर्षदेखि इटाभटा सञ्चालन नगर्न बरु व्यवसायीहरुलाई स्थानान्तरण गर्दा हुने घाटा छुट अनुदान आदि नाममा दिन नगरपालिका तयार रहेको बताए । कार्यक्रममा नेपालमा वार्षिक ४२ हजार भन्दा वढी मानिसको मृत्य वायुप्रदूषणका कारण हुँंदै आएको बताइयो । साथै उपत्यकामा मात्रै पाँंच हजार वढीको ज्यान जाने गरेको बताइयो ।