बिकासको काममा अबरोध पुर्याउन कुनै पनि आबरणमा आउने तत्वहरुलाई वाईसियलले तह लगाउने


फाल्गुन १६, २०७९, मङ्गलबार | विहान ०४:५६ बजे | 55


बिकासको काममा अबरोध पुर्याउन कुनै पनि आबरणमा आउने तत्वहरुलाई वाईसियलले तह लगाउने

मध्यपुर थिमि नगरपालिकाको विकास निर्माणको कार्यक्रम अन्तर्गत ढुङ्गा छपाइ कार्यको शुरुवातको क्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठ माथि मध्यपुर थिमि नगरपालिका वडा नं. ५ बस्ने सुमन जोशी लगायतका समूहहरुले हिजो गरेको हातपातको घटना प्रति वाईसियल नेपाल भक्तपुर जिल्ला समंन्वय समितिले कडा आपति जनाऍको छ।

वाईसिएल नेपाल भक्तपुर जिल्ला समंन्वय समितिले आज एक प्रे्स बिज्ञप्ती जारि गर्दै बिधी सम्मत तरिकाले नगर प्रमुख र उपप्रमु्खको सहभागितामा शुरु भएको सो योजनाको बिरोधको कुनै अर्थ नभएको तथा योजना कार्यान्वयन गर्ने क्रममा कामको  शुरूवात लागि योजना स्थल पुगेका नगरपालिकाका उपप्रमुख तथा नेकपा माओबादी केन्द्र मध्यपुर थिमी नगरकमितिका अध्यक्ष बिजय कृष्ण श्रेष्ठ माथि भएको हातपातको घोर भत्सर्ना गर्दै दोषिलाई तत्काल कडा भन्दा कडा कानुनी कारबाहिका माग समेत गरेको छ ।

वाईसिएल नेपाल भक्तपुर जिल्ला समंन्वय समितिका इन्चार्ज तथा संगठनका केन्द्रिय सदस्य नरेश रंजित तथा समितिका सचिब सरराज उप्रेतीद्धारा हस्ताक्षरित उक्त बिज्ञप्तीमा जनतासँग जोडिएका हरेक बिकास निर्माणका योजनाहरु कार्यान्वयन गराउन वाईसिएल नेपाल भक्तपुर जिल्ला समंन्वय समिति सधै साथमा रहि सहकार्य गरी अगाडी बढ्न प्रतिबद्ध रहेको समेत बताइएको छ ।

वाईसियल नेपालका केन्द्रिय सदस्य तथा भक्तपुरका युवा नेता राजु क़ुटुले बिकासको काममा अबरोध पुर्याउन कुनै पनि आबरणमा आउने तत्वहरुलाई वाईसियलले तह लगाउने चेतावनि दिनु भयो। आफ्ना नेताहरुको सुरक्षामा वाईसिय नेपाल सदैब अग्रपंक्तिमा रहने भन्दै युवा नेता कुटुले घटनामा संलग्न दोषिमाथि कडा कारवाहिको माग गर्नु भयो।


Comments