भक्तपुरकाे दत्रात्तय मन्दिर अगाडीकाे भीमसेन मन्दिरकाे पहिलाे तलामा लिंग प्रदर्शन


फाल्गुन १५, २०७९, सोमबार | दिउँसो ०३:२५ बजे | 15


भक्तपुरकाे दत्रात्तय मन्दिर अगाडीकाे भीमसेन मन्दिरकाे पहिलाे तलामा लिंग प्रदर्शन

भक्तपुरकाे दत्रात्तय मन्दिर अगाडीकाे भीमसेन मन्दिरकाे पहिलाे तलामा आज चिल्लाथ्व अष्टमी फागुन १५ गतेबाट सार्वजनिक रुपमा काठकाे लिंग प्रदर्शन गरिन्छ । काठकाे लिंगलाई महाभारतकाे भीमसेनकाे लिंगकाे प्रतीक र राताे कपडामा बीचमा प्वाल पारी द्राेपदीकाे याेनीकाे प्रतीक स्वरुप मान्ने गरिन्छ । आजबाट सार्वजनिक रूपमा प्रदर्शन गरिने लिंगलाई फागु पुन्हिका दिन साँझमा मन्दिरबाट निकाली काँधमा बाेकेर दत्रात्तयबाट सूर्यमढी, च्याम्हसिंह हुँदै ब्रम्हायणी नदिमा लगी धाेइ पखाले पछि छाेपेर पुनः मन्दिरमै ल्याउने काम सम्पन्न गरिन्छ । स्थानीयहरुकाे भनाई अनुसार साे लिंग ढाेग्दा पारिवारीक सुख, दीर्घायु मिल्ने विश्वास गरिन्छ । र साँझमा जसले त्याे लिंगलाई बाेकी लान्छ उसकाे पुत्रलाभ हुन्छ भन्ने आस्था पनि रहेकाे पाइन्छ । पहिला मन्दिरकाे फल्चामा राख्ने गरिएता पनि दर्शन गर्न आउनेकाे भीडका साथै विशेष गरी महिलाहरुलाई आवतजावत गर्न अप्ठ्याराे भएपछि लिंगलाई मन्दिरकाे माथिल्लाे तल्लामा झुन्ड्याउन थालिएकाे भनिन्छ ।
लिंगकाे लम्बाई करीब तीन फिट लामाे र एक फिट गाेलाकारकाे छ । सामान्य रुपमा याे दृश्य हेर्दा अश्लिल लागेतापनि स‌ंचारकाे सुविधा नभएकाे समयमा देवदेवीकाे समागमकाे माध्यमबाट सन्तान जन्माउन सिकाउने प्रक्रियाकाे रुपमा लिइएकाे मानिन्छ ।

Comments