सहकारीमा व्यक्तिगत बचतको सिमा तोक्नु गलत भएको भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको ठहर


2023-02-27 07:26:03

News Image

सहकारीमा व्यक्तिगत बचतको सिमा तोक्नु गलत भएको भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको ठहर छ । संघले आज एक विज्ञप्ति जारी गदैं हालै सम्पति शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरण प्रर्वद्धनका लागि केही ऐन संशोधन गर्न बनेको विधेयक मार्फत सहकारी ऐन २०७४ को दफा ५२ को संशोधन प्रस्तावमा व्यक्तिगत बचतको सिमा तोक्ने कुरा आएकोमा  गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

सहकारी ऐन २०७४ संशोधन प्र्रस्तावमा एक सदस्यले  बचत तथा निक्षेप बढीमा २५ लाख मात्र सहकारीमा रकम जम्मा गर्न सकिने गरी बचतको सिमा तोक्नु गलत भएको संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले बताए । यसले सहकारी क्षेत्रलाई सङकुचित बनाउने उनले जनाए । सहकारी संस्थाको प्रगतिलाई छेकबार लगाई सहकारीलाई सधै कम्जोर बनाई राख्ने षड्यन्त्र भएको प्रति आफुहरुको आपति रहेको उनले बताए । यो निर्नयको संघले घोर आपति जनाउनुका साथै उक्त सिमा तोक्ने विषय अगाडी नबढाउन समेत माग गरेको छ । वितीय सहकारीलाई अनुगमन र निरिक्षण गर्न राष्ट्र बैंकलाई दिने संशोधन प्रस्ताव स्वागतयोग्य रहको संघले जनाएको छ ।

तर सहकारी  अभियानलाई प्रतिगमनमा दोह्याउने गरी बचतको सिमा तोक्ने संशोधन प्रस्ताव हटाउन संघले माग गरेको छ । संशोधेन प्रताव हटाउन राष्ट्रिय सहकारी महासंघले खेलेको भुमिकामा संघको ऐक्यवद्धता रहेको समेत विज्ञप्तिमा उल्लेख छ । सहकारी क्षेत्रले ९० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउनुका साथै अप्रत्यक्ष रुपमा विभिन्न पेशा,व्यवसाय,उधोग र व्यापार मार्फत लाखौ व्यक्तिहरुलाई रोजगारी प्रदान गदै आएको लाखाजुले बताए । ७३ लाख सदस्य आवद्ध रहेको र संखयात्मक तथा क्षेत्रगत रुपमा देशको ठुलो संजालको रुपमा सहकारी स्थापित भएको विज्ञप्तिमा भनिएको छ । 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *