ठिमी जेसीजद्घारा तालिम संचालन


फाल्गुन १४, २०७९, आइतबार | दिउँसो १२:२२ बजे | 25


ठिमी जेसीजद्घारा तालिम संचालन

बाबुकाजी श्रेष्ठ
नेपाल जेसीजको आयोजनामा तालिम स्थानिय जन आर्दश क्याम्पसमा सम्पन्न गरेको छ । 
नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा ठिमी जेसीज पूर्व अध्यक्ष जेसी जीबन श्रेष्ठले प्रशिक्षण दनुभएको उक्त तालिममा २५ जना सहभागीता रहेको थियो । जेसीजमा सदस्यता लिन नभई नहुने उक्त तालिममा सहभागीहुने सम्पूर्ण प्रशिक्षार्थीहरु जेसीजको सदस्यता प्राप्तगर्न योग्य रहेको कुरा प्रशिक्ष जेसी जीबन श्रेष्ठले बताउनुभयो । 
ठिमी जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी पुजा श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षर्थीहरुलाई हार्दिक धन्यवाद दिंदै आगामी दिनहरुमा स्थानिय सरकार एवं संघ÷संस्थाहरुसँगको साझेदारीमा बैठक प्रणाली तालिम दिने योजना रहेको आयोजकले जानकारी दिनु थियो । उक्त तालिममा ठिमी जेसीज बर्ष २०२३ का वोर्ड पदाधिकारीहरुको उपस्थिति रहने बताउनुभयो । कार्यक्रम महासचिव जेसी उज्वल श्रेष्ठज्यूले संचालन गर्नु भएको थियो ।  

Comments