सांसद सम्मान तथा वनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न


फाल्गुन १४, २०७९, आइतबार | विहान ०९:१७ बजे | 30


सांसद सम्मान तथा वनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न

एकीकृत उपभोक्ता संघ सुविधानगरको आयोजनामा टौदह चोभारमा  सांसद सम्मान तथा वनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न भयो । संघका अध्यक्ष उज्वल के. सी. को अध्यक्षतामा भएको उक्त कार्यक्रममा  अध्यक्ष ज्युले सुविधानगर तिनकुने क्षेत्रमा बसोवास गर्नु हुने प्रतिनिधि सभाका  माननीय सांसद श्री मोहन बहादुर बस्नेत, माननीय सांसद श्री श्याम कुमार घिमिरे, माननीय सांसद श्री सुर्य बहादुर थापा तथा वागमती प्रदेश सभाका माननीय सांसद श्री सोना परियार ज्युलाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गर्नुभयो ।
माननीय सांसद श्री मोहन बहादुर बस्नेत ज्युले संघको कार्यवाट प्रभावित भएको र उपलब्ध भएको यस क्षेत्रकाे सुविधाका कारण बसाइँसराइ गर्न नसकेको आफ्नो अनुभव बाड्नु भयो । माननीय सांसद श्री श्याम कुमार घिमिरेज्युले  करिब २० बर्ष देखि संघकै सामीप्यतामा बिताउदै आएको र आफ्नो तर्फबाट गर्नुपर्ने दायित्व निभाउन तत्पर रहेको भावहरु व्यक्त गर्नु भयो । माननीय सांसद श्री सुर्य बहादुर थापा ज्युले यस स्थानमा नंया बासिन्दा भएता पनि विकास निर्माण र संघद्वारा वार्षिक रुपमा प्रकाशन हुदै आएको  "जमरा स्मारिका " मा आफुपनी आगमी दिनहरुमा जोडिदै जाने मनशाय ब्यक्त  गर्नुभयो । वागमती प्रदेश सभाका  माननीय सांसद श्री सोना परियार ज्युले यसै संघको कार्यक्षेत्र भित्र कार्यरत रहेर यहाँको गतिविधिहरु अनुभव गरि आएको र आगामी दिनमा आफ्नो तर्फबाट सक्ने योगदान  दिन तत्पर रहेको बताउनु भयो । कार्यक्रमका अध्यक्ष श्री उज्वल के. सी. ज्युले मानवीय आधारभूत आबस्यकता पूरा गर्ने मनसायले गठन भएको यस संघले सो कार्यलाई निरन्तरता दिदै विकास, नव निर्माण र प्रविधिका साथ जनजागरण, सचेतना मुलक कार्यक्रम अगाडी बढाउन गैरहेको बारे प्रकाश पार्दै सम्मानित हुनुभएका माननीय ज्युहरु प्रती कृतज्ञता र सबै उपस्थितहरुलाई धन्यवाद प्रदान गर्नुभयो ।
सो कार्यक्रममा उपाध्यक्ष सानू श्रेष्ठले स्वागत मन्तब्य,  पुर्व अध्यक्ष पदम नारायण श्रेष्ठ र वनभोज कार्यक्रमका संयोजक राजु अधिकारी ज्युले पनि आफ्नो मन्तब्य राख्नु भएको थियो साथै  कार्यक्रम संचालन सचीव गणेश प्रसाद अधिकारीले गर्नु भएको थियो ।
औपचारिक कार्यक्रम पश्चात् वनभोज कार्यक्रम कानपा वडा नं ३२ का  वडाध्यक्ष श्री नवराज पराजुली, वडा सदस्य श्री भगवान बुढाथोकी, वडा सदस्य श्री हरि बस्नेत सहितको उपस्थितिमा सम्पुर्ण टोलवासी महानुभावहरु नाचगान र विभिन्न खेलखेल्दै, सामुहिक तथा सेल्फि फोटो खिच्दै रमाईलो वातावरणमा सम्पन्न भयो ।

Comments