नेमकिपा दैलेखको अध्यक्षमा ओलीः को हुन् ओली ?


फाल्गुन १३, २०७९, शनिबार | दिउँसो ०२:५९ बजे | 35


नेमकिपा दैलेखको अध्यक्षमा ओलीः को हुन् ओली ?

नेपाल मजदुर किसान पार्टी दैलेख जिल्लाको अध्यक्षमा जगत ओली चुनिएका छन् । पार्टीको १४ औ जिल्ला अधिवेशनबाट ओलीको नेतृत्वमा जिल्ला संघ निर्वाचिन भएको हो । पार्टीको जिल्ला अध्यक्षमा यसअघि जग्यबहादुर शाही थिए । उनी केन्द्रिय सदस्य पनि हुन् । साथै पार्टीकातर्फबाट समानुपातिकमा प्रतिनिधि सभाका पूर्व सदस्यसमेत हुन् । उनी सम्मेलन तयारी समितिका संयोजक पनि थिए । 
ओली भने सम्मेलन तयारी समितिका सहसंयोजक थिए । सम्मेलनको उदघाटन पार्टी केन्द्रिय सचिव प्रेम सुवालले गरेका थिए । सम्मेलन उदघाटन समारोहमा सम्मेलन तयारी समितिका संयोजक जग्यबहादुर शाहीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एवं कर्णालीका संयोजक सरोजराज गोसाई, नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष प्रकाश गुरुग, नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य निरकबहादुर शाही, नेक्राशिसङ्घका केन्द्रीय सदस्य मनोज दाहाल, नेपाल क्रान्तिकारी महिला सङ्घका जिल्ला अध्यक्ष कुमारीरोमा गुरुङ, नेमकिपा दैलेखका सहसंयोजक जगत ओली, सम्मेलन तयारी समितिका सचिव लक्ष्मीकुमार विक, सदस्य रत्नेश श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो ।

Comments