नेपालभरि सात वटै प्रदेशमा एकै साथ विशाल भव्य सतगुरु शोभा यात्रा निकालियो
फाल्गुन १२, २०७९, शुक्रबार | साँझ ०४:२४ बजे | 40
जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको सान्निध्यमा आज मिति २०७९ फाल्गुन १२ गते उनका अनुयायीहरु द्वारा पूर्णब्रह्म कबीर उपासक समाज नेपालको आयोजनामा काठमाडौं,पोखरा,भैरहवा,बेनी,बिराटनगर,बिरगंज,धनगढी,बिर्तामोड,सुर्खेत,नेपालगंज लगायत नेपालका सात वटै प्रदेशका २२ वटा जिल्लाहरुमा एकै साथ देशव्यापी रुपमा आध्यात्मिक चेतना तथा सतगुरु शोभा यात्रा निकालिएको छ। यहि फाल्गुन १८,१९ र २० गते सतलोक आश्रम धनुषामा आदरणीय सन्त गरीबदास जी महाराज को बोध दिवसको उपलक्ष्यमा हुन गैरहेको विशाल भण्डारा,रक्तदान,दाइजो रहित विवाह कार्यक्रमको सार्वजनिक रुपमा सम्पुर्ण देशवासी लाई निमन्त्रणा दिने तथा विकृतिहरुले ग्रस्त वर्तमान समाजमा आध्यात्मिक ज्ञानको चेतना जगाई समाजलाई कुलत,दाइजो प्रथा,बली प्रथा,अन्धविश्वास,पाखण्ड्वाद जस्ता सामाजिक विकृतिहरुको अन्त्य गर्ने उद्देश्यले यो शोभा यात्रा निकालिएको कुरा सन्त रामपालजी महाराजका अनुयायीहरुले जनाएका छन् । स्वच्छ,सभ्य समाज निर्माण गरी धरतीलाई स्वर्ग बनाउनमा सन्त रामपाल जी महाराज दिनरात प्रयत्नशील रहेको जानकारी पनि अनुयायीहरुले दिएका छन् । विभिन्न जिल्लाका सदरमुकाममा स्थित नामदान केन्द्रहरुबाट शुरु भएको उक्त शोभा यात्रा विभिन्न प्रशासनिक निकायका प्रमुख लगायत प्रमुख जिल्ला अधिकारी ज्युहरुलाई निमन्त्रण दिएर समापन भएको छ।