यस्तो रहेछ प्रेमप्रसादको आत्मदाहको मुख्य कारण


फाल्गुन १२, २०७९, शुक्रबार | दिउँसो १२:०८ बजे | 55


यस्तो रहेछ प्रेमप्रसादको आत्मदाहको मुख्य कारण

भक्तपुर । नयाँंवानेश्वर काठमाडौंस्थित संसद् भबन अगाडि आफनो शरीरमा पेटोल छर्केर आगो लगाई आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुको कारण मानसिक रोग भएको चिकित्सकले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले आत्महत्या, रोकथाम तथा न्युनीकरण विषयमा सरोकारवालाहरुसँंग शुक्रबार गरेको छलफलमा मनोचिकित्सक डा दुर्गा थापाले यदि समयमै त्यसको उपचार गरेको भए त्यो अवस्था नआउने बताइन् । त्यसकारण मानसिक रोगलाई कम हाक्न मिल्दैन, उनले भनिन्, मानसिक रोग उपचार गरे निको हुन्छ ।
मानसिक स्वास्थ्यको सम्बर्दनका लागि शारीरिक रोग जस्तै मानसिक स्वास्थ्य समस्यालाई पनि सहज रूपमा लिनुपर्ने उनले बताइन् । औषधीको सेवन, मनोपरामर्श तथा पुनर्स्थापनाजस्ता उपचार विधिद्वारा यो रोगको उपचार सम्भव छ, उनले भनिन्, मानसिक रोग, आत्महत्याप्रतिको गलत धारणालाई हटाउन यस विषयमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । यस विषयमा अभियान नै सञ्चालन गर्नु जरुरी देखिन्छ ।
प्रेमप्रसादले आत्महत्या गर्नुका कारण आर्थिक समस्या भएको भनेर मात्रै मिडियामा आएको चर्चा गर्दै उनले मुख्य कारण मानसिक रहेको तर यसबारे मिडियाले केही खोतल्न नसकेको भन्दै दुःख व्यक्त गरिन् । समस्या सवैलाई पर्छ प्रेमप्रसादलाई मात्रै होइन, यसरी नै प्रेमप्रसादले जस्तै आत्महत्या गर्ने हो भने हामी सवैले आत्महत्या गर्नुपर्छ किनकि हामी सवैलाई समस्या छ, उनले भनिन् । आफनो समस्यालाई गम्भीर रुपले लिएर रोगी भएका कारण उनले आत्मदाह गर्नुपरेको डा थापाको जिकिर थियो । 
मानसिक स्वास्थ्यको बजेट नगण्य अवस्थामा छ, यसलाई वृद्धि गर्नु जरुरी रहेको सरोकारवालाहरुले बताए । नेपालमा मानसिक स्वास्थ्य भार १४ प्रतिशत रहे पनि मानसिक स्वास्थ्यमा स्वास्थ्यको कूल बजेटको एक प्रतिशतभन्दा कम छ । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने जनशक्तिको पनि कमी छ नेपालमा । अहिलेसम्म नेपालमा दुई सयको हाराहारीमा मनोचिकित्सक रहेको तथ्यांक छ । तीन करोड नेपालीमा पन्ध्र लाख बराबर एक जना मनोचिकित्सक पर्न आउँछ । त्यसकारण मानसिक स्वास्थ्य कार्यकर्ता निर्माण गर्नुपर्ने आवश्यकता कार्यक्रममा औल्यायो । 

फाेटाेमा हेर्नुहाेस्...

यस्तो रहेछ प्रेमप्रसादको आत्मदाहको मुख्य कारण

Comments