भक्तपरको चाँंगुनाराण नगरपालिका क्षेत्रमा बल्र्डफ्लु !
फाल्गुन १०, २०७९, बुधबार | दिउँसो ०२:१८ बजे | 50
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ८ रातोपाटीमा रहेको पोल्टी फार्मभित्रका कुखुराहरुमा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण पोल्टी एण्ड ह्याचरी उद्योग प्रा.लि., अर्जुन गिरी पोल्टी फर्म, आदित्य पोल्टी फर्ममा बर्डफ्लु देखिएको हो । बल्र्डफ्लु भेटिएपछि पशु विभागको चिकित्सक डा.श्रीजा वाग्ले, पशुसेवा विभागका प्राविधिक आत्माराम शर्मा ,चागुनारारयण नगरपालिकाको पशुपन्छी सेवा विकास शाखाको कर्मचारीलगायत उक्त वडाको वडा अध्यक्ष जनक खत्री र प्रभाग सुडालबाट प्र.ब.ना.नि.सुरेश के.सीको टोली खटी गई कुखुरालगायत सामानसमेत नष्ट गरिएको छ । कुखुरा १० हजार चार सय ८०, चल्ला एक हजार ५०, दाना १ हजारा चार सय ७५ के.जी र अण्डा ४ हजार ५ सय २३ वटा नष्ट गरिएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए । घटनास्थल जगाती प्रहरी बृतबाट ९ कि.मि.पूर्वमा पर्दछ ।