भक्तपुर बारमा कानून अध्ययन समाजको प्यानलै मनोनयन दर्ता ः अध्यक्षमा कैती


फाल्गुन ९, २०७९, मङ्गलबार | विहान ११:३७ बजे | 35


भक्तपुर बारमा कानून अध्ययन समाजको प्यानलै मनोनयन दर्ता ः अध्यक्षमा कैती

भक्तपुर, ९ फागुन– भक्तपुर जिल्ला अदालत, बार एशोसिएशन कार्यसमिति र केन्द्रीय पार्षदको यही फागुन २० गते हुने निर्वाचनका लागि मंगलबार कानुन अध्ययन समाज नेपाल, भक्तपुरका तर्फबाट अध्यक्षमा राजु कैतीसहित प्यानल नै मनोनयन पत्र दर्ता भयो ।
भक्तपुर बारले विगतका वर्षदेखि गर्दै आएको निषेधको राजनीतिको अन्य, भ्रष्टाचारको अन्त्य, खुल्ला र स्वैच्छिक सदस्यता वितरण नगरेको विरुद्ध तथा कानुन व्यवसायीहरुको हक हितका पक्षमा आवाज बुलन्द गर्दै यसपटकको बारमा उम्मेदवारी दिएको अक्ष्यक्षका दावेदार उम्मेदवार राजु कैतीले बताउनुभयो ।
कानुन अध्ययन समाजका तर्फबाट उम्मेदबार दिनेहरुमा उपाध्यक्षमा शिवराम बोहजु, सचिवमा गम्वीरमान ज्याख्व, कोषाध्यक्षमा मनज ज्याख्वो, सदस्यहरुमा सुन्दर राजचल, न्हुछेराम सिवन्जार, प्रेम प्रजापति, लक्ष्मी प्रसाद दुवाल, बाबुकाजी गाईजु रहेका छन् भने केन्द्रीय पार्षद सदस्यमा महेन्द्र खायमली र राधेश्याम सुवाल रहेको समाजका अध्यक्ष कैतीले जानकारी दिनुभयो ।
यसपटकको अध्यक्षमा ४ जना, उपाध्यक्षमा ३ जना, सचिवमा ३ जना, सहसचिवमा २ जना, कोषाध्यक्षमा २ जना, महिला सदस्यमा २ जना, सदस्यमा १७ जना र केन्द्रीय पार्षदमा १९ जना बीच निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत गजेन्द्र शंकर तिमीलाद्वारा प्रेषित उम्मेदवारहरुको प्रथम नामावली प्रकाशनमा भनिएको छ ।   

Comments