हृदयचन्द्र नाटक मेलामा मरुभूमिका लेखक नाटक मञ्चन


फाल्गुन ९, २०७९, मङ्गलबार | विहान ०९:४३ बजे | 25


हृदयचन्द्र नाटक मेलामा मरुभूमिका लेखक नाटक मञ्चन

भक्तपुर, फागुन ९ । आस्था सांस्कृतिक परिवार र नाट्यकर्मी समाज नेपालको संयुक्त आयोजनामा संचालन भएको पाँच दिने हृदयचन्द नाटक मेला मंगलबार दोश्रो दिनको पहिलो नाटक मरुभूमिका लेखक मञ्चन भएको छ । राजेन्द्र श्रेष्ठद्वारा निर्देशित ख्वप माविको मरुभूमिको लेखक नामक नाटकको प्रतिक्रिया दिँदै आयोजक समितिका सदस्य नीरज लवजूले समाज परिवर्तनका लागि साहित्यकार तथा लेखक आफ्नो वैयक्तिक स्वार्थ त्यागेर आत्मस्वाभिमानका लागि कुनै किसिमको सम्झौतामा नअल्झिएको हृदय विदारक बेजोड प्रस्तुति भएको बताउनुभयो । उहाँले भानुभक्तकालिन तथा नाट्य सम्राट बालकृष्ण समकालीन नाटक तथा साहित्यमा भएको कमजोरी पक्षलाई यथार्थवादी र शैलीक्रमिकता हृदयचन्द्र सिहं प्रधानका साहित्यमा भएको बताउँदै मरुभूमिको लेखक नामक नाटक हृदयचन्द्र सिंह प्रधानको वास्तविक जीवनसँग मेल खाएको र राज्यले उपेक्षा गरेका साहित्यकारलाई बुझ्न सो नाटक मेला गर्नुको उद्देश्य बताउनुभयो । सोही नाटकको अवलोकन गर्दै पूर्व शिक्षक तथा समाजसेवी शिक्षाविद् हिमालयश्वर लाल मूलले तत्कालीन समयमा लेखक तथा साहित्यकार प्रति गर्ने व्यवहार अहिले पूँजीवादी व्यवस्थामा नयाँ स्वरुपमा रहेको बताउनुभयो । सोही नाटकका कलाकार अयुब नेपाली र सुस्मा खड्काले पनि आआफ्नो नाट्य अनुभव सुनाएका थिए ।

Comments