मानवीय सेवा युवाहरुको भूमिका महत्वपूर्ण


फाल्गुन ९, २०७९, मङ्गलबार | विहान ०७:५७ बजे | 15


मानवीय सेवा युवाहरुको भूमिका महत्वपूर्ण

मध्यपुर थिमि, ९ फागुन
बाबुकाजी श्रेष्ठ
नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम स्थानीय जनआदर्श क्याम्पसमा सम्पन्न भयो ।
उपशाखाका सभापति बाबुकाजी श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा युवा रेडक्रस सर्कलहरुको गठन पुर्नगठन सम्बन्धी अन्तरक्रिया कार्यक्रम मानवीय सेवामा युवाहरुको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिनुभयो ।
मध्यपुर थिमि उपशाखा अन्तर्गत ६ वटा विद्यालयहरुमा युवा रेडक्रस सर्कल र ४ नं. वडामा युवा रेडक्रस सर्कल रहेको जानकारी दिंदै युवाहरुको सकारात्मक सोचको विकास, व्यक्तित्व विकास, रचनात्मक क्रियाकलापहरुको लागि युवा रेडक्रस सर्कल अनिवार्य रहेको बताउ“दै युवा रेडक्रस सर्कल गठन–पुर्नगठन प्रक्रिया र विधिको बारेमा उपशाखाका पूर्वसभापति एवं शिक्षक नायक भुवन चरण श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।
उपशाखा अन्तर्गत युरेस उपसमितिका संयोजक अर्जेन श्रेष्ठले स्वागत गर्नुभएको उक्त कार्यक्रममा ८ वटा विद्यालयका शिक्षक नायक एवं यरेसका अध्यक्षहरु सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी शिक्षक नायक र युरेस अध्यक्ष्ँहरुले युरेस क्रियाशील गराउन उपशाखाको महत्वपूर्ण भूमिका रहने भएकोले अभिभावकत्व ग्रहण गरी सहयोग गर्नुपर्ने सुझाएका थिए ।
उपशाखाका सचिव जीवन श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको उक्त कार्यक्रममा युरेसलाई क्रियाशीलन बनाउन उपशाखाले अभिभावकत्व ग्रहण गरी विभिन्न क्रियाकलाहरु युरेस माफर्त संचालन गर्ने र विभिन्न गतिविधिहरुमा उपशाखा सहभागी भई सहयोग गर्ने र विभिन्न संघसंस्थास“ग पनि सहकार्य गर्दै जाने प्रतिवद्धता जनाएको थियो ।
कार्यक्रममा निवर्तमान सभापति पूर्णकेशरी श्रेष्ठको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागी सम्पूर्ण शिक्षक नायक, युरेस अध्यक्ष्ँ एवं सहभागी सम्पूर्णलाई उपशाखाका उपसभापति सविना श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

Comments