ज्युदा सहीद प्रजात्रन्त्र सेनानी मदन चन्दको निधन


फाल्गुन ७, २०७९, आइतबार | दिउँसो ०३:०२ बजे | 70


ज्युदा सहीद प्रजात्रन्त्र सेनानी मदन चन्दको निधन

काठमाडौ । पंचायती व्यवस्थाबिरुद्ध अभियानमा सुदुरपश्चिमका मजबुत खम्बाका रुपमा परिचित तथा जिउदा सहिदको उपमा पाएका मदन चन्दको निधन भएकोे छ । पंचायती व्यवस्थाबिरुद्ध बोले मात्रै जेल हुने समयमा प्रजातन्त्र प्राप्तिका लागि जेल र हिरासत गरी ५७ पटक पक्राउ परेका मदन २०३६ देखि २०६२ सालसम्म पटकपटक पंचायती व्यवस्था र राजत्रन्त्रका बिरुद्ध लडेका व्यक्ति हुन् । पंचायती व्यवथाबिरुद्ध कसैको बोल्न सक्ने अवस्था नहुदा महेन्द्रनगरको खुल्ला मन्चमा २०४६ साल फाल्गुन ७ गते कालो झन्डा देखाउने हिम्मत गर्ने सुदुरपश्चिमका एक मात्र कन्चनपुरका नेता मदनलाई दरबारबाट गोली हान्ने आदेश आएता पनि बच्न सफल भएका व्यक्ति थिए । यसो हुनाले उनलाई २०४६ पछि कृष्णप्रशाद भटराई, गणेशमान सिंह र गिरिजाप्रशाद कोइरालाले ज्युदा सहिद भने पश्चात् ज्युदा सहिद भनी भनिन थालेको थियो । 
बैतडी जिल्लाको अति नै बिकट रोदिदेवलको तिताबै भन्ने ठाउँबाट भारतमा मजदूर काम गर्दा गर्दै भारतीय सेनामा जागिर गरेका चन्दले भारतीय सेनाको तर्फबाट सन् १९६१ मा गोवा लडाई, सन् १९६२ को भारत चीन लडाई, सन् १९६५ को भारत पाकिस्तान र सन् १९७१ को भारत पुर्बी पाकिस्तान (बंगलादेश) को लडाइ लडेका थिए । चन्दले भारतीय सरकारकोतर्फबाट ४ बिजेता पदकसहित करिब एक दर्जन मान पदक पाएका थिए । भारतीय सेना अवकाश पछि नेपालमा आफैले पंचायती व्यवस्थाबिरुद्ध लड्ने भू पु सैनिक दल २०३१ ( कंचनपुरको मझगाउँमा तत्कालिन शाही सेनामा गरेको सामुहिक बलात्कारबिरुद्ध गठन गरिएको) गठन गरेको, केन्द्रिय उपादक्ष्य नेपाल भू पु सैनिक संघ, नेपाली काँग्रेस जिल्ला कार्यवाहक सभापतिसहित विभिन्न संघसंस्थामा आबद्ध रही कार्य गरेका थिए । समाज कल्याण बाल अनाथालय भनि २०४८ सालदेखि निरन्तर २०६४ सालसम्म बिसुद्ध समाजसेवा गरेका चन्दले देशभरिका ४०० जना भन्दा बढी अनाथहरुलाई अध्ययनसहित रोजगारीसम्म पुगाउन सफल भएका थिए । ४० जना भन्दा बढी देशको सरकारी स्तरमा निजामती सेवा, सैनिक सेवा, प्रहरी सेवा काम गरिरहेका अनाथ बाल बालिका आज पनि प्रजात्रन्त्र सेनानी चन्दलाइ अनाथका पिता भनि सम्बोधन गरिन्छन ।  प्रजात्रन्त्र सेनानी चन्द नेपाल सरकारबाट जन सेवाश्री पदक, राष्ट्रिय संघ संस्था पुरुस्कार २०५४ बाट पुरुस्कृत साथै उत्कृष्ट सामाजिक सेवा पुरुस्कार २०५६ सहित २ दर्जन भन्दा बढी राष्ट्रिय तथा स्थानीय सेवा पुरुस्कार, पदकबाट सम्मानित भएका थिए । रोशन नामक लेखहरुको संकलन, लोक दर्पण गौरा, होलि तथा भैलो गीत संग्रह सहित आधा दर्जन भन्दा बढी पुस्तक प्रकासन गरेका चन्द साहित्यकार पनि हुन् । एकै व्यक्ति बहादुर सैनिक, इमान्दार राजनीतिज्ञ, निर्भिक बिद्रोही, राष्ट्रियस्तरबाट सम्मानित समाजसेवी, गहन अध्ययन्शील साहित्यकारको भूमिकामा पनि सफल भएका ब्यक्ति हुन् उनी । 
देशमा राजत्रन्त्र र पंचायती व्यवस्थाबिरुद्ध लड्ने सुदुरपश्चिमका प्रमुख सिपाहीमध्ये एक मदन राजनीतिक रुपमा नेपाली काँग्रेससंग जोडिएका व्यक्ति भए पनि २०४७ देखि २०६० सालसम्म कन्चनपुरमा सबै पार्टीका सम्मानित ब्याक्तित्व थिए । तत्कालिन  एमाले, माले, राप्रपा तथा अन्य पार्टीले पनि उनलाई राजनीतिक लाभ नलिने तथा सधै अटल र इमान्दार राजनीतिज्ञका रुपमा लिने गरेको थियो । साथै सबैले सम्मान गर्ने ब्यक्ति थिए । २०६० सालपछि सक्रिय राजनीतिबाट सन्यास लिएका उनले हाल कंचनपुर जिल्लामा काँग्रेसबाट राजनीति गरिरहेका प्राय ठुला नेताहरुलाई नै क्रियासिल सदस्यता दिएको वा कुनै न कुनै रुपमा काँग्रेसमा आबद्ध गराएका थिए । केन्द्रदेखि स्थानीयस्तरमा २६ वटा संघसस्थामा सफल कार्यकाल निर्वाह गरेका चन्द २०४७ सालपछि कंचनपुरदेखि काठमाडौँको सिंहदरबारमा हिम्मती र इमान्दार नेताका रुपमा चिनिएका  व्यक्ति हुन् । बि पी कोइराला, कृष्णप्रशाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रशाद कोइराला, लोकेन्द्रबहादुर चन्द, सुर्यबहादुर थापा, सुशील कोइराला, मनमोहन अधिकारी, भरतमोहन अधिकारी जस्ता नेताहरुसंग उठबस गरेका चन्दलाई हालसम्म पनि सिंहदरबारभित्र कन्चनपुरका हिम्मती इमान्दार राजनीतिज्ञको चर्चामा उदाहरणका रुपमा नाम लिने गरिन्छ । 
उनको सम्मानका लागि कंचनपुरका नागरिकहरुले वहाँको ९० औ जन्मदिनमा गत बर्ष सुदुर पश्चिममै पहिलो पतक  रथारोहन गरि महेन्द्रनगर नगर परिक्रमा गरएका थिए । उनको बारेमा ठुलो अभिनन्दन ग्रन्थ पनि प्रकाशित गरिएको छ । उक्त अभिनन्दन ग्रन्थमा पुर्ब प्रधानमन्त्री शेरबहादुर देउबा, पुर्बप्रधानमन्त्रि लोकेन्द्रबहादुर चन्द , पुर्ब राष्ट्रपति रामबरण यादव, पुर्ब उपप्रधानमन्त्री रामचन्द्र पौडेल, काँग्रेस महामन्त्री डा सशांक कोइराला, डा शेखर कोइराला, कानुनमन्त्रि दिलेन्द्रप्रशाद बडू, पुर्बमन्त्रि तारणीदत्त चटौत, पुर्ब मन्त्रि रमेश लेखक, पुर्ब मन्त्रि नारायण प्रशाद साउद, दिगो विकास तथा सुशासन समिति सभापति मा तारादेवी भट्ट, भारष्टचार बिरोधि अभियन्ता भरत जन्घम सहित सचिब, सह सचिब, नेपाली सेना रथी, उपरथी तथा जिल्ला स्तरिय विभिन्न पार्टीका नेताहरु, समाजसेवी, साहित्यकार गरि ६० भन्दा बढी स्वत्रन्त्रा सेनानी मदन चन्दका बारेमा लेखिएका लेख तथा सुभकामना रहेका छन् । उक्त ग्रन्थमा स्वत्रन्त्रता सेनानी चन्दले समाजलाई कसरि परिवर्तन गर्न सकिन्छ तथा बिना राजनीतिक पदिय लोप रहित कसरी राजनीति र समजसेवा गर्न सकिन्छ भन्ने कुरालाई उजागर गरेको छ÷ 
आजका युवाहरुका लागि एक मार्ग दर्शनका रुपमा तथा कसरी समाज परिवर्तन गर्न सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने उदाहरणीय आदर्श ब्यक्तिका रूपमा चिनिन्छन ÷ कला संस्कृति तथा जेष्ठ नागरिक भवन निर्माणका लागी नेपाल सरकारको नाममा करीब १ करोड बराबरको जग्गा दान गर्ने स्वर्गीय मदन चन्द आदर्श तथा निष्ठावान ब्यक्तिका रूपमा राष्ट्रिय स्तरमा सुपरिचित नाम हो । 

Comments