ताम्रकार समाजमा पन्ध्रौं पटकको सामुहिक बेलविवाह
फाल्गुन २, २०७९, मङ्गलबार | विहान ०१:५१ बजे | 65
नेपाली समाजमा बालिकाहरुका लागि अनिवार्य विधी व्यवहारको रुपमा रहेको रुपमा रहेको बेलविवाह (इही) कार्य पन्ध्रौं पटक ताम्रकार समाजले सामुहिक रुपमा आयोजना गरेको छ । समाजको सामाजिक व्यवहार व्यवस्था उपसमितिबाट ताम्रकार समाज भवन, जावलाखेलमा आयोजित उक्त कार्यमा २१ जवान कन्याहरुको सहभागीता रहेको थियो ।
कोरोनाका कारण विगत दुई बर्ष सामुहिक बेलविवाह गर्न नपाएको बताउँदै उपसमितिका संयोजक एवं समाजका उप कोषाध्यक्ष श्री मनोज ताम्रकारले विधी व्यवहारको नाममा अनावश्यक खर्च गर्ने प्रवृतिलाई यस्ता सामुहिक कार्यले निरुत्साहन पार्न सहयोग पुगेको बताउनु भयो ।
नेपाली परम्परा, संस्कार, विधी व्यवहारको सम्बर्धन एवं संरक्षणमा ताम्रकार समाज सदैव लागी परेको कुरा समाजका अध्यक्ष श्री बिनोद ताम्रकार ले बताउनु भयो । यी विधी व्यवहारहरु नेपाली समाजमा अनिवार्य रहेको तर एकत रुपमा गर्दा भन्दा सामुहिक रुपमा गर्न सकेको खण्डमा पैसा र समयको समेत बचत हुने जस्तो उहाँले बताउनु भयो ।
ताम्रकार वर्गका साथै गैर ताम्रकार वर्गहरुको पनि यथेष्ट सहभागीता रहेको उक्त बेलविवाह कार्यक्रममा सहभागी कन्याहरुका अभिभावकहरुले समाजमा यस कार्यक्रम सबैजना लाभान्वित हुन सकेको बताउनु भयो । विधी व्यवहारका नाममा भइरहेको विकृती रोक्न समेत यस्ता सामुहिक कार्यले सहयोग पुग्ने उहाँहरुको भनाइ थियो ।