जनयुद्ध दिवसमा भक्तपुरमा दीप प्रज्ज्वलन र पोष्टरिंंग


फाल्गुन १, २०७९, सोमबार | दिउँसो ०२:४६ बजे | 40


जनयुद्ध दिवसमा भक्तपुरमा दीप प्रज्ज्वलन र पोष्टरिंंग

भक्तपुर । २८ औ जनयुद्ध दिवसको अवसरमा सोमबार भक्तपुरमा दीप प्रज्ज्वलन कार्यक्रम गरिएको छ । विप्लबको नेकपा भक्तपुरको आयोजनामा भक्तपुर नगरको बाराहीस्थान चोकमा दीप प्रज्ज्वलन गरिएको थियो । कार्यक्रममा पार्टीका जिल्ला सेक्रेटरी विस्फोटले क्रान्तिकारी पार्टीहरुवीच आज एकता आवश्यक भएको बताए । कार्यक्रममा भक्तपुर नगर इन्चार्ज ध्रुब किरातीले सञ्चालन गरेका थिए । 
यसैवीच जनयुद्ध दिवसकै पूर्वसन्ध्यामा भक्तपुरका विभिन्न ठाउँंहरुमा पोष्टरहरु टाँंसिएको जनाइएको छ । दलाल संसदीय व्यवस्था खारेज गरौ भन्ने नारा लेखिएको पम्प्लेटहरु जिल्लाभरि पोष्टर टाँंसिएको जनाइएको छ ।  

Comments