कलात्मक प्रवेशद्वार शिलान्यास
फाल्गुन १, २०७९, सोमबार | विहान ०९:०४ बजे | 35
डा. इन्दुल के. सी
२०७९ फाल्गुण १ गते सोमबार , काठमाडौ मनपा वडा नं. ३२ स्थित एकीकृत उपभोक्ता संघ सुविधानगरको आयोजनामा तीनकुने गणेशमार्गमा कलात्मक प्रवेशद्वार शिलान्यासको कार्यक्रम सुसम्पन्न भयो । यस टोलका गण्यमान्य भद्र भलादमी एवं नागरिक समाज महिला युवा समेतको उपस्थित रहेको उक्त कार्यक्रममा वैदिक विदि मुताविक गुरुद्वारा पुजापाठ समेत गरि वडाअध्यक्ष श्री नवराज पराजुलीज्यु र संघका अध्यक्ष उज्वल के. सी. ज्युले सयुक्त रुपमा विधिपुर्वक जग साईत गरि शिलान्यास गर्नु भयो ।
प्रवेशद्वार निर्माणका लागि आबस्यक बजेट स्थानिय वडा र संघको तर्फबाट खर्च गरिने जानकारी कोषाध्यक्ष रमेश शाक्यज्युले दिनुभयो ।
यस संघको स्थापना २०४५ सालमा भै टोलवासिका लागि आबस्यक सामाजिक, योग तथा स्वास्थ्य, सरसफाई र विकास निर्माणका कार्यहरु ढल, विजुली, टेलिफोन, सोलार लाईट, सि सि क्यामेरा लगायत शान्ति सुरक्षाको प्रवन्ध मिलाउने अनेकौं कार्यहरु सप्पन्न गर्दै आएको र आगामी दिनहरुमा पनि निरन्तरता दिने जानकारी सचिब गणेश अधिकारीज्युले दिनुभयो ।
(सम्बाददाता: डा. इन्दुल के. सी.)