गोरखाका व्यवसायीहरुलाई भक्तपुरमा स्वागत


माघ २८, २०७९, शनिबार | विहान ०४:२६ बजे | 5


गोरखाका व्यवसायीहरुलाई भक्तपुरमा स्वागत

भक्तपुर चेम्बर अफ कमर्सले गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष श्री भाईचन्द्र श्रेष्ठको नेतृत्वमा भक्तपुरको भ्रमणमा आएको टोलीलाई संस्थाको सचिवालयमा एक कार्यक्रमकाबीच स्वागत गर्यो ।
सो अवसरमा भ्रमण टोलीलाई स्वागत गर्नुहुंदै भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरले दुई जिल्लाका व्यवसायीहरुको भेटघाटले आपसी सम्बन्ध वृद्धि हुने तथा व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने बताउनु भयो । 
भ्रमण टोलीको नेतृत्व गर्नु भएका गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष्ँ श्री भाईचन्द्र श्रेष्ठले भक्तपुर प्रति आभार प्रकट गर्नुहुंदै भ्रमण कार्यक्रमले संस्थागत विकासका नयां अवसरहरु पहिचान भएको बताउनु       भयो ।
सो क्रममा आफ्नो मन्तव्य राख्नु हुंदै नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय कार्यसमिति सदस्य एवं भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री रोशन भोयद्योले मौजूदा अवस्थामा अधिराज्यभरनै जिल्ला नगर चेम्बरहरुले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउनु भयो । जिल्ला नगर चेम्बरहरुको संस्थागत विकासमा सहयोग गर्न आफू तत्पर रहेको समेत उनले उक्त अवसरमा बताउनु भयो ।

कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य तथा भक्तपुर नगर चेम्बरका अध्यक्ष्ँ श्री राधे सुन्दर सांयजुले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

भक्तपुर चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत श्री राजुमान बज्राचार्यले संचालन गरेको उक्त कार्यक्रममा संस्थागत विकास, व्यापार प्रवद्र्धन लगायतका विषयहरुमा दुवै जिल्लाका व्यवसायीहरुबीच छलफल भएको थियो । भ्रमण टोलीमा गोरखा चेम्बर अफ कमर्सका पदाधिकारी, कार्यसमिति, महिला चेम्बरका सदस्यहरु गरी २२ जनाको सहभागिता रहेको थियो ।

Comments