हनुमानघाटमा सुधारिएको शवदाह गृह नजिक प्रतिक्षालय


माघ २७, २०७९, शुक्रबार | दिउँसो १२:०२ बजे | 150


हनुमानघाटमा सुधारिएको शवदाह गृह नजिक प्रतिक्षालय

भक्तपुर । माघ २७ गते, शुक्रबार
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतीले भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत योजनाअन्तर्गत भक्तपुर नगरपालिका वडा ७ स्थित हनुमानघाटमा सुधारिएको शवदाह गृह नजिक प्रतिक्षालयको शिलान्यास कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकालाई देशकै उत्कृष्ट नमूना नगरपालिकाको रुपमा चिनाउने उद्देश्यका साथ नगरपालिका अगाडि बढिरहेको र यहा“का हरेक क्षेत्र सांस्कृतिक, धार्मिक हिसाबले महत्वपूर्ण भएको हु“दा जनताको सहभागितामा विकास निर्माणका कार्यहरु अगाडि बढिरहेको बताउनुभयो ।
हनुमानघाट क्षेत्र धार्मिक रुपले महत्वपुर्ण भएको बताउ“दै यस क्षेत्रमा सुधारिएको शवदाह गृह निर्माणले नगरवासीहरुलाई दाहसंस्कारमा सहज भएको र अब प्रतिक्षालय निर्माणले थप सुविधा पुग्ने उहांले प्रष्ट पार्नुभयो ।
भक्तपुर नपाले विकास निर्माणका प्रत्येक वडालाई ५० लाखको बजेट विनियोज गर्नुका साथै सम्पदाहरु संरक्षण गर्न थप २०÷२० लाख बजेट विनियोजन गरेको बताउनुहुंदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको हरेक निर्माण कार्यमा ईष्टिमेन्ट भन्दा कम रकम र गुणस्तरीय कार्य भइरहेको जानकारी गराउनुभयो ।
उपभोक्ता समिति मार्फत हुने विकास निर्माण कार्यमा स्थानीय जनताहरुको अपनत्व रहने र कम लागतमा निर्माण सम्पन्न हुने बताउंदै उहा“ले भक्तपुरलाई उत्कृष्ट बनाउनको लागि नगरवासीहरुको निरन्तर रुपमा साथ र सहयोगको आवश्यकता भएको उहांले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका ७ नं. वडा कार्यालयका वडाअध्यक्ष उकेश कवांले भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले नगर तथा नगरवासीहरुको हितको निम्ति सकृय भूमिका खेल्दै आएको बताउंदै भक्तपुर नगरपालिकाले समाजवादउन्मुख गतिविधिमा जोड दिंदै आएको बताउनुभयो ।
उक्त कार्यक्रममा ७ नं. वडाका वडासदस्य रञ्जना त्वाती, प्रतिक्षालय निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष बद्रीराम छुस्यावाग र वडासचिव विजय लोहलाले पनि बोल्नु भएको थियो ।

Comments