शोषितपीडित जनतालाई शासक वर्गको रुपमा उठाउन नेमकिपाको स्थापना


माघ २५, २०७९, बुधबार | विहान ०४:११ बजे | 30


शोषितपीडित जनतालाई शासक वर्गको रुपमा उठाउन नेमकिपाको स्थापना

               
भक्तपुर । नेपाल क्रान्तिकारी डकर्मीे संघ, भ.न.पा. ४ को आयोजनामा नेपाल मजदुर किसान पार्टीको ४९ औं स्थापना दिवसको अवसरमा प्र्रवचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर संघका केन्द्र्रीय उपाध्यक्ष उपेन्द्र्र सुवालले कम्युनिष्ट पार्टीको स्थापना भएपछि तत्कालिन कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा नेपालको कम्युनिष्ट आन्दोलनको कार्यदिशा र सैद्धान्तिक बिषयमा बैचारिक द्वन्द उत्पन्न भएपछि  खोटा विचारहरुको विरुद्धमा संघर्ष गर्दै शोषितपीडित जनतालाई शासक वर्गको रुपमा उठाउन नेपाल मजदुर किसान पार्टीको स्थापना भएको बताउनु भयो । तत्कालिन समयमा नेपालमा औद्योगिक कारखानाको विकास नभएको अवस्थामा किसानहरुको समस्यालाई उजागर गर्दै तराईका विभिन्न जिल्ला तथा चितवनमा संगठन विस्तार गरेको स्मरण गर्दै जनता राजनैतिक रुपमा सचेत हुन नसकेको अवस्थामा विरोधीह्र्ररुले अनेक जालझेल गरी कामगरी खाने जनताको संघर्षलाई पछि धकेलेको ईतिहासबारे चर्चा गर्नुभयो । पार्टी स्थापनाकालदेखि नैं भारतीय विस्तारवाद र एकाधिकार पु“जी अमेरिका तथा बेलायति साम्राज्यवादको विरोधमा आवाज बुलन्द गर्दै २०२३ सालमा नवलपरासी जिल्लाको सुस्तामा नेपाली भुमि अतिक्रमन गरेको विरोधमा भक्तपुरमा अग्रज किसान कार्यकर्ताह्ररुले विरोध जुलुस तथा सभा गरेको स्मरण गर्नुभयो । भक्तपुरमा मजदुर किसान पार्टीको साढे धपाउने आन्दोलन,भर्पाई आन्दोलन,बाली काट्ने आन्दोलन, मोहियानि हक सुरक्षित गर्ने आन्दोलन,गुठी जग्गा रैतानी गर्ने आन्दोलन र संघर्षकै कारण जग्गामा आधा हकह्रिस्सा कायम गर्न सफल भएको बताउनु भयो । मजदुरहरुको रोजगारी सुनिश्चित गरी नो वर्क नो पे,हायर एण्ड फायर,वर्क परमिट लागु गर्नुपर्ने,कम्युनिष्ट मन्त्रीको ठाडो आदेशमा मजदुर निष्काशन र कारखाना निजिकरणको विरोधमा सडक र सदनमा संघर्ष गरेको साथै नेमकिपाको संघर्षकै कारण भक्तपुर क्यान्सर अस्पताल सरकारको स्वामित्वमा गएपछि व्यापक जनताको स्वास्थ्य उपचारमा सकारात्मक प्रभाव पारी भ्रष्टाचारीहरुलाई खवरदारी गरेको बताउनु भयो ।
 नेपाल क्रान्तिकारी डकर्मी संघ जिल्ला समिति भक्तपुरका अध्यक्ष बिष्णु राम दुमरुले  नेमकिपाले माक्र्सवाद लेनिनवाद र माओत्सेतुड्ड विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रुपमा अंगिकार गरी ईमान्दारीपुर्वक निरन्तर जनताको सेवा गरेको बताउनु भयो । अग्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रज कार्यकर्ताहरुले गरेको संघर्षको योगदानको कारण वर्तमान समयमा भक्तपुर जिल्लाको जनताहरुका जीवनस्तर तुलनात्मक रुपमा आत्मानिर्भर भएको तथा देशको प्राकृतिक स्रोत साधनमाथि भारतले कब्जा गरेकोमा शासक दलह्ररु दोषी रहेको बताउनु भयो । वामपन्थी अवसरवाद र दक्षिणपन्थी अवसरवादबारे चर्चा गर्दै एमाले कम्युनिष्ट पार्टी नभई २०४२ सालमै भाईकांग्रेस बनेको तर जनताको मत लिन कम्युनिष्टको खोल ओढेको बताउनु भयो । भारतको केरला राज्यमा चुनावबाट जितेको कम्युनिष्ट पाट्र्रीलाई केन्द्र्रीय सरकारले पटक पटक भंग गरेको उदाहरण प्रस्तुत गर्दै जनताको क्रान्तिकारी संघर्षबाट मात्र समाजवादी व्यवस्था स्थापना गर्न सक्ने बताउनु भयो । हाल एम.सि.सि. सम्झौताको कारण विभिन्न जिल्लाका जनताले आफनो जग्गा गुमाउनु पर्ने अवस्था भएकाले सो सम्झौता कार्यान्वयन गर्न दिनु हुदैन भन्नुभयो । 
ने.म.कि.पा.भ.न.पा.– ४ वडा एकाई समितिका अध्यक्ष हरि सुन्दर सुवालले सरकारले शिक्षा क्षेत्रमा २४ प्रतिशत बजेत विनियोजन गर्नु पर्ने भएपनि १० प्रतिशत मात्र छुट्याईएको हु“दा यो सरकार शिक्ष्ाँ विरोधी भएको प्रमाणित हुन्छ भन्नु भयो । जनताको छोरा छोरीले न्युनतम शुल्कमा पढ्न पाउने बातावरणको लागि ख्वप विश्वविद्यालयको विधयक संसदबाट पारित हुनुपर्छ भन्नु भयो ।  आयोजक समितिका अध्यक्ष पुरुषोत्तम जाकिबंजारको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर संघ भक्तपुर जिल्ला समितिका पञ्च रत्न सैंजुले पनि बोल्नु भएको थियो  । 

Comments