शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग
माघ २४, २०७९, मङ्गलबार | दिउँसो ०३:३० बजे | 35
नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
मंगलबार देउवा विपक्षी दलको नेता हुन नसक्ने दावीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो।
अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध रिट निवेदन दिएका हुन्। सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन्। आदेशअनुसार आज रिट निवेदन दर्ता भएको हो।
सर्वोच्च अदालतले बुधबारका लागि निवेदनमाथि प्रारम्भिक सुनुवाइको मिति तोकेको छ।