ख्वप भक्तपुर मिनीबस यातायातको अध्यक्षमा ज्ञानेन्द्र महर्जन विजयी


माघ २४, २०७९, मङ्गलबार | विहान ०६:२९ बजे | 25


ख्वप भक्तपुर मिनीबस यातायातको अध्यक्षमा ज्ञानेन्द्र महर्जन विजयी

भक्तपुर । ख्वप भक्तपुर मिनीबस यातायात प्रालिको अध्यक्षमा ज्ञानेन्द्र महर्जन चुनिएका छन् । विपक्षी उम्मेदबार राजुभाइ लोहलालाई पराजित गर्दै महर्जन अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनमा महर्जन र लोहलाको अध्यक्षतामा दुई वटा प्यानलबीचमा प्रतिस्पर्धा भएको थियो । अरु पदाधिकारीहरुको भने मिश्रित परिणाम आएको छ । प्रबन्धकमा लोहला प्यानलका उमेश प्रधान विजयी भएका छन् । 
सदस्यहरुमा रामकाजी भुजु, धन त्यात, मुकेश चगुठी, आशाराम न्याईच्वाई, ससिन कोजू, सूर्यनारायण खर्वुजा, वीरेन्द्र बासुकला र प्रमोद त्वानाबासु निर्वाचित भएका छन् । सदस्यहरुमा महर्जनको प्यानलबाट त्यात, कोजू, खर्वुजा, बासुकला, त्वानाबासु विजयी भने बाँंकी सदस्यहरु लोहला प्यानलका हुन् । 
भक्तपुर मिनीबस सेवा समिति अन्तर्गत भक्तपुरबाट काठमाडौंबाट बागबजारलगायतका विभिन्न ठाउँंमा सञ्चालन हुने मिनीबसहरुको समिति हो । यसको कार्यालय भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीमा रहेको छ । 

Comments