दूधपोखरी चेपे जलबिद्युतमा बैंकले लगानी गर्ने
माघ २२, २०७९, आइतबार | दिउँसो ०१:१७ बजे | 25
काठमाडौ । गोर्खाको दूधपोखरी चेपे जलबिद्युत आयोजनामा बैंकले लगानी गर्ने भएको छ । राष्ट्रिय बाणिज्य बैंकलले १ अर्व १९ करोडको लगानी गर्ने भएको हो । यसका लागि राजधानीमा एक कार्यक्रम गरी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठ र चेपेका अध्यक्ष सविन प्रद्यानाङ्गले हस्ताक्षर गरे ।
सिईओ श्रेष्ठले आयोजना समयमा नै सम्पन्न हुनेमा आफूहरु विस्वस्त भएको बताए । स्वदेशी उत्पादनलाई बढाबा दिन बैंकले चेपेमा लगानी गर्न सहमत भएको जानकारी उनले गराए । आयोजनामा बैंकले ७० प्रतिशत लगानी गर्ने समेत कार्यक्रममा जानकारी दिइयो ।
चेपेका अध्यक्ष सविन प्रद्यानाङ्गले चेपे दूधपोखरी जलविद्युत आयोजना ८.८५६ मेगावाटको भएको बताए । उनका अनुसार जलविद्युतको लागि चाहिने सडक एवं प्रसारण लाईनको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । स्वदेशी लगानीमा नै निर्माण हुन लागेको जलविद्युत आयोजना २०८१ को जेठसम्ममा सम्पन्न गरिसक्ने लक्ष्य रहेको उनले जनाए ।