स्वस्थनी व्रतकथा आजदेखि समापन


माघ २२, २०७९, आइतबार | विहान ०४:३३ बजे | 0


स्वस्थनी व्रतकथा आजदेखि समापन

काठमाडौं: एक महिनासम्म चल्ने स्वस्थनी व्रतकथा आजदेखि समापन हुँदैछ। 

पुस शुक्ल पूर्णिमाका दिनबाट श्रीस्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरुको वाचन आज माघ शुक्ल पूर्णिमाका दिन विधिवतरुपमा समापन हुन्छ।

काठमाडौंमा अवस्थित शाली नदीमा एक महिनादेखि जारी स्वस्थानी मेला पनि आजै समापन हुन्छ। पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा छ ।

स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने गरिन्छ।  आज मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जाग्राम बसेर अर्को दिन बिहान फूलपाती नदीमा सेलाएपछि स्वस्थानी व्रत विधिपूर्व समापन हुन्छ।


Comments