क्यान्सर दिवसकाे अवसर पारेर बालकुमारी मन्दिर परिसरमा दिप प्रज्वलन
माघ २२, २०७९, आइतबार | विहान ०३:५७ बजे | 25
ईनर ह्विल क्वल अफ मध्यपुरले विश्व क्यान्सर दिवसकाे अवसर पारेर आज स्थानीय बालकुमारी मन्दिर परिसरमा दिप प्रज्वलन कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
कार्यक्रममा सहभागी राेटरी क्लव अफ मध्यपुरका पदाधिकारी तथा ईनर ह्विल क्लवका पदाधिकारीहरूले साे अवसरमा बिश्वभरका क्यान्सर राेगका बिरामीहरूकाे शिध्र स्वास्थ्य लाभकाे कामना गर्दै क्यान्सर राेगबाट निधन भएकाहरूकाे सम्झनामा १ मिनेट माैन धारणा समेत गरेकाे क्लवका अध्यक्ष अमृता रंजितकारले जानकारी दिनुभएकाे छ ।
हेटेराे ल्याव नामक संस्थाकाे सहकार्यमा आयाेजित साे अवसरमा क्यान्सर राेग बिशेषज्ञ डा. राेशन प्रजापति, डा.श्रृष्टी श्रेष्ठ प्रजापतिले बिश्वमै अहिले सर्ने राेगभन्दा पनि नसर्ने राेगबाट अकालमा मानिसहरूकाे मृत्यु भईरहेकाे भन्दै नसर्ने राेग मध्य क्यान्सर राेग पनि एक भएकाे बताउनुभयाे । उहाँहरूले क्यान्सर राेगका बारेमा जानकारी दिनुहुँदै क्यान्सर राेगबाट अकालबाट मृत्युकाे मुखबाट बचाउने भन्नू नै समयमै क्यान्सर राेग बारे व्यापक जनचेतना जगाउने र यसका लागि सम्बन्धित निकाय बढि जिम्मेवार हुनु पर्नेमा जाेड दिनुभएकाे थियाे ।
स्थानीय महिला समुहकाे समेत सहभागिता रहेकाे साे अवसरमा ६५ जना राेटरी क्लव तथा ईनर व्हिल क्लवका पदाधिकारीहरूकाे उपस्थिति रहेकाे थियाे ।