यी युवाहरुले गरे गज्जवको काम


माघ २१, २०७९, शनिबार | दिउँसो ०२:२१ बजे | 35


यी युवाहरुले गरे गज्जवको काम

काठमांडौ: काठमांडौ लगायतका पाचजना युवाहरु अनिश बडाल, आकाश बराल, कवल ढकाल, प्रबेशराज बस्नेत र सहर्षराज खत्रिको समुहले बारा र सर्लाही जिल्लाको बिभिन्न स्थानमा न्यानो कपडा लगायतका सामाग्रिहरु बितरण गरेका छन।

बारा जिल्लाको निजगद नगरपालिका वडा न १३ रतनपुर र सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा न ६ र ७ मा उनिहरुले लत्ताकपडा बितरण गरेका हुन। उक्त बितरण कार्यबाट करिब ५०० घरपरिवार प्रत्यक्ष रुपमा लाभान्बित भएका छन।

बारा र सर्लाहीका अति बिपन्न बर्ग लगायत चेपान्ग बस्ति, दलित समुदाय, फरक क्षमता भएका ब्यक्तिहरु र सामुदायिक बिद्यालयहरु प्रति लक्षित रहेको यो कार्यक्रममा करिब ३०० वटा ब्लान्केत, ३०० वटा मोजा, न्यानो बनाऊने कपडाहरु, भण्डारण गर्न मिल्ने खाध्यानहरु बितरण गरिएको सहयोगिहरु मध्ये एक अनिश बडालले जानकारी दिनु भयो।

“प्रत्येक दुई दुई बर्षमा हामिले आफ्नै ब्यक्तिगत सक्रियतामा आफ्नो र केहि सहयोगीहरु मार्फत संकलित लत्ताकपडाहरु, खाध्यान लगायतका सामाग्रिहरु बितरण कार्य गर्दै आईरहेका छौ।” बडालले भन्नु भयो।

“सामाजिक सेवामा रुचि राख्ने हामी पाचजना युवाहरुले २०७७ सालमा काठमांडौको मानब आश्रम सेवा केन्द्रमा न्यानो कपडा बितरणबाट शुरु गरिएको अभियानको यो दोश्रो संस्करण हो।”आनिश बडालले बताउनु भयो।

“हामिले संकलन गरेका सामाग्रिहरुमा हामी साथिहरुको ब्यक्तिगत पहलमा थप गरि जाडोमा अति आबश्यक परेका समुदायहरु समक्ष यी सामाग्रिहरु बितरण गर्न पाउदा हामि निकै हर्षित छौ। लाभग्राहीहरुले दिएको आशिर्बाद र उहाहरुको अनुहारमा देखिएको चमकले हामिलाई थप हौसला प्रदान गरेको छ।” पाचै जना युवाहरुले संयुक्त रुपमा बताउनु भयो।

Comments