भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले जमिन जोत्नेको नभएसम्म किसान आन्दोलन जारी रहने बताएका छन् । पार्टी निकटको नेपाल क्रान्तिकारी किसान सघ ९नेक्राकिसंघ० भक्तपुरको आठौँ जिल्ला सम्मेलनको शुक्रबार उदघाटन गर्दै उनले कृषि प्रधान देश कृषिमै परनिर्भर हुनु दुःखद् भएको बताए । 
कृषि प्रधान देश भन्ने तर काठमाडौ उपत्यकाका लागि चाहिने ५० प्रतिशत दाल, चामल, तरकारी भारतबाट आउने गरेको तथ्यांक उनले पेश गरे । उनले कृषकहरुको पक्षमा अहिलेसम्मका कुनै पनि सरकारले चासो नदिएको आरोपसमेत लगाए । रासायनिक मल कारखाना स्वदेशमै खोल्न निरन्तर पार्टीले संघर्ष गरिरहेको स्मरण गर्दै उनले कमिसनका लागि यो काम सतामा जाने पार्टीहरुले गर्न नचाहेको आरोप लगाए ।
राष्टपतिका लागि कांग्रेसबाट रामचन्द्र पौडेल र माओवादीबाट बाबुराम भटराईको नाम अगाडि आइरहेको भन्दै उनले यी दुवै नेता राष्टपतिका लागि उपयुक्त पात्र नभएको बताए । 
कार्यक्रममा पार्टीकातर्फबाट विजयी बागमित प्रदेशका सांसदहरु सुरेन्द्रराज गोसाई, सृजना सैंजू, गीता काफ्ले, किसान संघ भक्तपुरका अध्यक्ष गोविन्द दुवाल, पार्टीका मध्यपुर थिमि नगरका नेता विक्रम बैद्यलगायतले किसानका पक्षमा बोलेका थिए ।
सम्मेलनको पहिलो दिन जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोडेको लाछी टोलमा भएको हो । दोश्रो दिन शनिबार भने भक्तपुरमा हुने जनाइएको छ ।
सम्मेलन सुरु हुनअघि बाजागाजासहित प्रदर्शनकारीहरू दिनको १२ः३० बजे शङ्खघर चोक मध्यपुर थिमिमा भेला भएका थिए । ¥याली बालकुमारी, चपाचो, पुरानो ठिमी, नगरदेश हुँदै बोडेको लाछी टोलमा पुगेका थिए । सो क्रममा उनीहरुले नेक्राकिसङ्घको तेस्रो राष्ट्रिय सम्मेलन सफल पारौँ, क्रान्तिकारी भूमिसुधार लागु गर, आदर निकेतनको व्यवस्था गर, स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर, गुठी जग्गा रैकरमा परिणत गर्ने व्यवस्था गर, जोताहा किसानहरूलाई मोहियानी हकको व्यवस्था गर, भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, नेमकिपा जिन्दावाद, नेक्राकिसङ्घ जिन्दावाद आदि नारा लगाएका थिए ।
नेक्राकिसङ्घ जिल्ला सम्मेलन तयारी समितिका संयोजक गोविन्द दुवालको सभापतित्वमा कार्यक्रम भएको हो । सम्मेलनमा काठमाडौँ, ललितपुर र काभ्रेका किसान प्रतिनिधिहरूले पनि सम्वोधन गरेका थिए ।
सम्मेलनको दोस्रो दिन शनिबार बन्द सत्र हुने जनाइएको छ । आदर्श आजाद मा।वि। भेलुखेलमा हुने उक्त बन्द सत्रले नयाँ कार्य समिति चयन गर्ने जनाइएको छ ।

...

All Comments.......


Please Login/Register To Comments