भिमा एकादशीको दिनमा भिमसेनको मन्दिरहरुमा विशेष पूजा
माघ १८, २०७९, बुधबार | दिउँसो ०३:३० बजे | 5
नेपाल संवत् अनुसार सिल्लाथ्व द्वादशी तिथिलाई भिमा द्वादशीको रुपमा मान्ने गरिन्छ। नेवा: समाजमा भिं द्वादशीको नामले चिनिने यस तिथिमा भिन्द्य:( भिमसेन) को पूजा गर्ने प्रचलन रहेको पाइन्छ। व्यापार तथा समृद्धिका लागि पुजिने भिन्द्यः (भिमसेन) भिमा एकादशीका दिन व्रत बस्ने मान्यता रहेको छ। यसै कारण भिमा एकादशीको दिनमा भिमसेनको मन्दिरहरुमा विशेष पूजाहरु गरिन्छ । यसको भोलिपल्ट अर्थात् भिं द्वादशीको दिन घर, मन्दिर तथा पसलहरुमा चोखो भइ समयबजी राखेर भव्य पूजा गरि घरमा प्रसाद खाने चलन रहेको छ । यस दिन भिमसेनको पूजा गरेमा व्यापार व्यवसायमा वृद्धि हुने, घरमा सुख-शान्ती हुने, रोगबाट मुक्त हुने तथा घरमा शुभ हुने जनविश्वास रहेकोछ । भिं एकादशीका दिन पुरै दिन केही पनि नखाई भिमसेन व्रत बस्ने गर्दछ र भोलिको दिन मात्र पालुं गर्न (समयबजी खान) खोज्दा कालो भटमास नै चपाउन नसकेको कारण कालो भटमास हल्का चेप्टो पर्दछ भन्ने गरिन्छ ।
लेख: GR Ranjit
स्रोत: newsoftokha.blogspot.com