आजदेखि फ्रेबअरी महिना ः आयोदिन महिना


माघ १८, २०७९, बुधबार | विहान ११:११ बजे | 0


आजदेखि फ्रेबअरी महिना ः आयोदिन महिना

भक्तपुर । गर्भवती महिलामा आयोडिनको कमी भएमा भ्रुणको विकास नहुने, गर्भ तुहिन सक्ने, गर्भवतीको मृत्यु हुनसक्नेसम्मको खतरा रहने स्वास्थ्यकर्मीले बताएका छन् । साथै, कम तौल (२५ सय ग्रामभन्दा कम) भएका शिशु जन्मने, शिशुको स्नायु, शारीरिक तथा मानसिक वृद्धि÷विकास अत्यन्त कम हुने हुनाले बालबालिकाहरु गलगाँड, लाटा, लठेब्रा तथा सुस्त मनस्थितिका हुने उनीहरुले बताए ।
फ्रेबअरी महिना ः आयोदिन महिनाको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले बुधबार (फ्रेवअरी महिनाको पहिलो दिन) गरेको कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरुले यस विषयमा सवैतिर जानकारी पुयाउनु आवश्यक भएको खाँंचो औंल्याए । जनस्वास्थ्य कार्यालय भक्तपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले आयोडिनको विषयमा लामो प्रस्तुतीकरण गर्दै विशेष गरेर आयोडिनको कमी गर्भवती महिला र बालबालिकाहरुमा हुन नहुने बताए । 
सरकारले हरेक वर्ष आयोडिनको कमीबाट हुने रोगबाट वच्न फ्रेवअरीको एक महिनालाई आयोडिन महिनाको रुपमा मनाउँंदै आएको छ । आयोडिनयुक्त नुनको प्रयोगलाई बढाउँदै आयोडिनको कमीबाट हुने रोगलाई निवारण गर्ने उद्देश्यले अँग्रेजी वर्षको फे्रबअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने गरिन्छ । सन् १९९८ देखि फे्रबअरी महिनालाई आयोडिन महिनाका रुपमा विश्वभर मनाउँदै आइएको छ । चिकित्सकका अनुसार आयोडिनको कमीले गलगाड पनि हुने गर्दछ ।
कार्यक्रममा भक्तपुर अस्पतालका प्रमुख डा रत्नसुन्दर लासिवाले आयोडिनको कमीबाट हाइपोथाइराडिज्म चर्किएको बताउँंछन् । त्यसकारण आयोडिन पुग्ने मात्रामा खानुपर्ने आवश्यकता उनले औंल्याए । 
लामो समयदेखि सरकारले नूनमा आवश्यक मात्रामा आयोडिन मिलाई साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत देशभरि नै बिक्री वितरणको प्रबन्ध मिलाउँंदै आएको छ । यही कारण सो रोग हाल नेपालबाट निवारण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको रोग नियन्त्रण शाखाका दीपक अछामीका अनुसार आयोडिनको कमी हुँदा थाइरोइड ग्रन्थीमा उत्पन्न हुने समस्याका कारणले प्रत्यक्ष वा परोक्ष रुपमा महिलामा स्तन क्यान्सरको सम्भावना हुन्छ ।
नेपालमा आयोडिन प्राप्त गर्न आयोडिनयुक्त नुन नै खानु पर्छ । सरकारी संयन्त्रमार्फत आवश्यक मात्रा ५० पिपिएम आयोडिन छरेको (आयोडाइजेसन) गरी थैलोमा बन्द गरिएको नुनलाई सही किसिमले उपभोग गरेमा मात्र आवश्यक मात्रामा आयोडिन प्राप्त गर्न सकिन्छ । ५० पिपिएम आयोडिन नुनमा मिलाइएको भए पनि बजारमा भण्डारण, घाम–पानीले आयोडिन नष्ट हुने र तातो ठाउँमा राम्ररी बिर्को बन्द नगरेमा आयोडिनको मात्रा कम भए पनि कम्तीमा १५ पिपिएम आयोडिन खाद्य पदार्थमा बाँकी रहेसम्म झन्डै आयोडिनको मात्रा पुग्ने कार्यक्रममा बताइयो ।
सूक्ष्म पोषकतत्व आयोडिन थाइरोइड ग्रन्थीलाई सही किसिमले काम गर्न र खाएको खानालाई अधिकतम मात्रामा शक्तिमा रुपान्तरण गर्नका लागि अत्यन्त आवश्यक पर्ने खनिज पदार्थ रहेको स्वास्थ्यकर्मीहरु बताउँंछन् । यसले शारीरिक, मानसिक बृद्घि र पाचन प्रणालीलाई सहयोग पु¥याउँछ । आयोडिन गर्भवतीदेखि जन्मेका शिशुका साथै बढ्दो उमेरका बालबालिका लगायत शारीरिक तथा मानसिक वृद्धि÷विकास मात्र नभई स्वस्थ जीवनका लागि अत्यन्त आवश्यक पर्ने सूक्ष्म पोषक तत्व हो । आयोडिनले लिड, मर्करी जस्ता विषालु पदार्थलाई शरीरबाहिर निकाल्छ भने वयस्कलाई भन्दा शिशुलाई बढी मात्रा आयोडिनको आवश्यकता पर्दछ । 

Comments