सनराइज क्यापिटलले फोकस्ड इक्विटी फण्ड निष्कासन
माघ १७, २०७९, मङ्गलबार | विहान ०१:२८ बजे | 40
सनराइज क्यापिटलले यही माघ २४ गतेबाट सन्राइज फोकस्ड इक्विटी फण्ड निष्कासन गर्न लागेको छ।
सनराइज म्युचुअल फण्ड अन्तर्गत निष्कासन गर्न लागेको यस फण्डको कोष प्रवर्द्धक सनराइज बैंक तथा योजना व्यवस्थापक सनराइज क्यापिटल रहेको छ। बन्दमुखी योजनाको यस एकाइ बिक्रीबाट संकलित रकमको ८५ देखि सय प्रतिशतसम्म शेयरमा लगानी गर्ने अर्थात् इक्विटी ओरिएण्टेड योजना हुने भएको बैंकले जनाएको छ।
योजनामा कोष प्रवर्द्धक सनराइज बैंकले बिक्री गर्ने कुल एकाइ रकमको कम्तिमा १५ प्रतिशत अर्थात् पन्ध्र करोड रकम बीज पुँजीको रूपमा लगानी गर्ने क्यापिटलले जनाएको छ।