कार्टुनिष्ट क्लब नेपालको आयोजनामा बराथा सम्मान पुराना कार्टुनिष्ट सरद रञ्जितलाई
माघ १४, २०७९, शनिबार | दिउँसो १२:४३ बजे | 35
कार्टुनिष्ट क्लब नेपालको आयोजनामा बराथा सम्मान पुराना कार्टुनिष्ट सरद रञ्जितलाई कला परिषद् बबरमहलमा एक कार्यक्रम बिच प्रदान गरियो।
Enter
Pan
क्लबका अध्यक्ष बासु क्षितिजको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि एबम कार्टुनिष्ट क्लब नेपालका संस्थापक अध्यक्ष अशोकमान सिंहले कदर पत्र प्रदान गर्नु भएको हो।
Enter
Pan
क्लबको स्थापना बारे बताउनु हुँदै अशोकमान सिंहले पुराना अनुभबीहरुको सम्मान कार्यक्रमले पुरानाको अनुभव साझा हुने र नयाँ पुस्तालाई मार्ग निर्देश हुने बताउनु भयो। शरद रञ्जितले पहिला नयाँ गोरेटो नामको प्रौढ शिक्षाको पुस्तिका र भादभैलो लगायत ब्यंग्य पत्रिकाहरुको प्रकाशन गर्दाको अनुभव पनि सुनाउनु भयो।क्लबका निबर्तमान अध्यक्ष तथा चर्चित कार्टुनिष्ट अबिन श्रेष्ठले अग्रजहरुले बनाउनु भएको ब्यंग चित्रको गोरेटोमा अहिलेका हामी कार्टुनिष्टहरुलाई काम गर्न सजिलो तथा कार्टुनका पारखीहरु शरद रञ्जित र रामकुमार पाण्डे दाईहरुले बनाएर नै अहिलेका कार्टुनिष्ट एक छाक जीबिका चलाउन सजिलोभएको बताउनु भयो।
Enter
Pan
सम्मानित शरद रञ्जितले क्लबलाई धन्यवाद दिनु हुँदै बिगतलाई सम्झिएर अझै ब्यंग चित्रमा काम गर्न हौसना पाएको बताउनु हुँदै नेपाली ब्यंग चित्रकारहरु इतिहास सम्बन्धि कार्यपत्र सहित पुस्तक प्रकाशन गर्नु पर्ने, अन्तर्राष्ट्रिय कार्टुनिष्टहरु सहित सेमिनारहरु सहित नियमित कार्टुन सम्बन्धि कक्षाहरु सञ्चालन गर्नु पर्ने बताउनु भयो। क्लबका महासचिब रवी मिश्रले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा सभापति तथा अध्यक्ष बासु क्षितिजले सम्मानित कलाकारलाई बधाई दिनु हुँदै अझै अग्रजहरुको मार्ग निर्देशन , सल्लाह सुझावमा क्लबलाई अगाडि बढाउने बताउनुभयो । साथै उक्त कार्यक्रममा देबेन्द्र थुम्केली स्वागत गर्नु भएको थियो।