किसान प्रोडक्सन देशकै नम्वर वान उद्योग बन्नेतर्फ


माघ १४, २०७९, शनिबार | दिउँसो १२:०३ बजे | 30


किसान प्रोडक्सन देशकै नम्वर वान उद्योग बन्नेतर्फ

काठमाडौं । किसान पाइप प्रोडक्सन प्रालिले आफना उत्पादनहरु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्न सफल भएका बताएका छन् । शनिबार राजधानीमा भाएको १३ औ साधारणसभाका 
सभापति एवं कम्पनीका अध्यक्ष विष्णुप्रसाद पाण्डेले लामो समयदेखि निर्माण क्षेत्रमा व्यवसाय गर्दै आएको हुनाले आफनो कम्पनीले गुणस्तरीय निर्माण सामाग्री मात्रै उत्पादन गर्ने गरेको र यही कारण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सामानको माग उच्च रहेको दावी गरे । यही कारणले व्यापार व्यवसाय राम्रो रुपमा चलिरहेको उनले सुनाए । 
हामी मूल्यमा होइन, गुणस्तरमा केन्द्रित छौं, उनले भने । आजको दिनसम्म आइपुग्दा घर, उद्योग, हाउजिङ, कर्मसिएल बिल्डिङलगायत सम्पूर्ण क्षेत्रमा प्रयोग हुने पाइप र फिटिंग्स दिन सफल भएको उनको भनाइ छ । ‘हामी गुणस्तरमा विशेष फोकस गरिरहेका छौं । हाम्रो उद्देश्य ग्राहकलाई क्वालिटी प्रोडक्ट दिनु हो, उनले थपे । 
१२ वर्ष अगाडि नवलपरासीको वर्दघाटमा ट्यांकी फ्याक्टी र पाइप उत्पादनबाट सुरु गरेको यो कम्पनीले अहिले फिटिंग युपीभीसी, एचडीभी, पीभीसी रातो माल्डो ट्यांक, व्लो ट्यांक, बोरिंग पाइपलगायतमा विस्तार भएको छ ।
कम्पनीका म्यानेजिंग डाइरेक्टर अजय पाण्डेले कम्पनीले जापनिज ब्राण्डसँंग टाईअप गरेर अगाडि वढेको जानकारी गराए । उनले यही कारण उल्लेखनीय प्रगति भएको खुशी पनि साटे । कम्पनीको व्यापारव्यवसाय दिनप्रदिनदिन व्यवसाय वढेको र यसको मुख्य श्रेय उपभोक्ताको विश्वास रहेको उनको भनाई थियो । यही कारण कम्पनीले असोचनीय प्रगति गरिरहेको उनले बताए । किसान प्रोडक्टसले कहिले पनि कमसमल सामान उत्पादन गर्दैन, उनले भने ।  
कम्पनीका निर्देशक भीम पौडेलले अहिलेको नाजुक अवस्थामा पनि कम्पनीको गुणस्तरीय उत्पादन गरेर राम्रो बजार भएको बताए । यही कारण कम्पनीमा थप पुँंजी लगानी गरी देशकै नमूना उद्योग बनाउनुपर्नमा उनलले जोड दिए । 
कम्पनीका निर्देशक शिव मानन्धरले आफू निर्माण सामाग्री विक्रेता पनि भएकोले कुन प्रोडक्ट गुणस्तरीय छ र कुन गुणस्तरीय छैन राम्रो ज्ञान भएको र गुणस्तीय उत्पादनकै कारण  
आफूले किसान प्रोडक्ट विक्री गर्दै आएको जनाए । उपभोक्ताले अत्यन्त गुणस्तरको कारणले यसका उत्पादनहरु मन पराएको उनको अनुभब छ । 
कम्पनीले डिलरहरुलाई प्रोत्साहन पनि गरिरहेको छ । यही कारण साधारणसभामा उत्कृष्ट डिलरहरुलाई सम्मान पनि गरेको थियो । राजेश सेनिटरीका विकास अग्रवाल, दाङका फनिराज पोखरेल, काठमाडौ रविन्द्र प्रधानांग, काठमाडौं कोटेश्वरका राजेन्द्र माखारी र सानेपाका अजयकुमार पाण्डेलाई उत्कृष्ट सामान विक्री गरेकोमा दोसल्ला ओढाएर सम्मान गरियो । 
कार्यक्रममा साथै शेयर होल्डर प्रेम महर्जन, अजय अटल, फनिन्द्रराज पोखरेल र सुरेन्द्र श्रेष्ठले डिलरहरुवीच आपसी सहकार्य गर्ने, एक अर्काको परिपुरक भएर बजारमा आफ्नो ब्राण्डाई लैजानुका साथै उत्पादनलाई सहज र सुलभ रुपमा बजारको मागअनुसार उपलब्ध गराउनु रहेको बताए ।
किसान पाइप प्रोडक्सको नेपालभरि तीन सय ५० भन्दा बढी डिलरहरु रहेका छन् भने यसले सिपिभिसि, पिभिसि, एचडिपिई पाईप तथा वाटर ट्यांक पनि बलियो र टिकाउ, उत्कृष्ट उत्पादन गर्दै आएको जनाएको छ । संसारकै उत्कृष्ट कम्पनीबाट कच्चा पदार्थ ल्याएर पाइपहरु उत्पादन गर्ने गरेको जानकारी समेत सो कार्यक्रममा दिइयो ।




Comments