रवि लामिछानेका समर्थकहरुको पक्राउ सुरु, चितवन २ मा उपनिर्वाचन हुने


माघ १३, २०७९, शुक्रबार | दिउँसो ०१:१६ बजे | 30


रवि लामिछानेका समर्थकहरुको पक्राउ सुरु, चितवन २ मा उपनिर्वाचन हुने

सर्वोच्च अदालत अघाडि रवि लामिछानेका समर्थकले नाराबाजी गरेका छन्। शुक्रबार सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध ठहर गरेपछि उनका समर्थकले सर्वोच्च अदालत अघाडि नाराबाजी गरेका हुन्।

 सो क्रममा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। सर्वोच्च परिसरमा नाराबाजी गर्न थालेपछि ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

Comments