रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष, सांसद र मन्त्री तीन वटै पद गुम्यो, अव के होला ?


माघ १३, २०७९, शुक्रबार | दिउँसो १२:२८ बजे | 60


रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष, सांसद र मन्त्री तीन वटै पद गुम्यो, अव के होला ?

सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेको सांसद पद खारेज गरिदिएको छ। 

शुक्रबार नागरिकता विवादसम्बन्धि मुद्दामा अन्तिम फैसला सुनाउदै सांसद  पद खारेज गरिदिएको हो।  

अदालतले अमेरिकी नागरिकता खारेज गरेपछि नेपाली नागरिकता लिएको वा प्रक्रिया सुरु गरेको नदेखिएकाे उल्लेद गर्दै सांसद पद खारेज गरेको हो ।  

अदालतको आदेशसँगै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष, सांसद र मन्त्री तीन वटै पद गुमाउनु परेको छ।  

लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौलालगायतले मंसिर २८ मा लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए।

संवैधानिक इजलासले पुस ६ गते  सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा पुस २२ गते दुवै पक्षको छलफल गरेको थियो। उक्त इजलासले माघ ११ गतेका लागि पूर्ण सुनुवाइको पेशी तोकिएको थियो।

रिटमा लामिछानेलाई सांसदको रूपमा सपथ नखुवाउन माग दाबी गरिएको थियो। दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि लामिछाने विवादित बन्दै आएका छन्।

अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेको अवस्थामा रबि लामिछानेले पार्टी दर्ता गरी पदाधिकारी रही उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै रिटमा निर्वाचन आयोगले संविधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दाबी गरिएको थियो। रिटमा रबि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको थियो।

Comments