त्रिपुरासुन्दरीमा औषाधि पसलहरुमा अनुगमन


माघ ११, २०७९, बुधबार | विहान १०:३८ बजे | 40


त्रिपुरासुन्दरीमा औषाधि पसलहरुमा अनुगमन

भक्तपुर, ११ माघ । भक्तपुर नगरपालिका अनुगमन समितिबाट त्रिपुरासुन्दरीमा औषाधि पसलहरु बुधबार अनुगमन गरियो । अनुगमनमा नाकोटिक औषाधिहरु जथाभावी विक्रि गरेको पायो ।
अनुगमनमा भक्तपुर हर्ट एण्ड डावेटिज सेन्टर औषाधि विभागको अनुमति पत्र नभएका व्यक्ति पसलमा बसिराखेकोले अनुमति पत्र विना पसलमा नराख्न निर्देशन दिई नाकोटिक औषाधि एकै व्यक्तिलाई लोरी १ एमजि, लोरी २ एमजि, क्लोजेप ०.२५, र क्लोजेप ०.५ चार थरीको औषाधि छोटो समयमा धेरै दिई राखेको भेटिएकोले रिटेलर्स रिकर्ड फारममा देखिएकोले लागु पदार्थको रुपमा प्रयोग हुने भएकोले डाक्टरको प्रिक्रिप्सन अनुसार मात्र दिन र त्यसरी जथाभावी नवेच्न निर्देशन दियो भने भक्तपुर फर्मेसी नविकरण गर्न र म्याद नाघेको बच्चाहरुको खोकीको औषाधि नेपेक्स ८ वटा जफत गरी नष्ट गरिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
अनुगमनमा अनुगमन समितिका भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका न्हुज किजु, महानगरीय प्रहरी प्ररिसरका प्र.ना..नि. राजु प्रसाईं, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद बाटी, ख्वप अस्पतालका मनिष ज्याख्वको सहभागी थियो ।

Comments