भक्तपुरका कुमार नापित जर्मनीमा समाज सेवा गर्दै


माघ ११, २०७९, बुधबार | विहान ०७:३३ बजे | 220


भक्तपुरका कुमार नापित जर्मनीमा समाज सेवा गर्दै

बिगत २५ बर्षदेखि जर्मनीमा रहँदै आएका भक्तपुरको क्वाछें टोलमा जन्मिएका कुमार नापित हाल जर्मनीमा बसेर ब्यवसायसँगै समाज सेवामा लागिरहेको छ । उहाँले ब्यवसायसँगै नेवाः सस्कृतिको प्रवर्तनको लागि पहल गरिरहेको छ । उहाँ लगायत नेपालका अरु ४ जना मिलेर नेवाः खल हम्बर्ग नामक संस्था स्थापना गरि नेवाः समुदायलाई नेवाः सस्कृति, भेषभुषा, भोजन लगायत बिभिन्न चाँडपर्वमा बनाउँने परिकारलाई प्रचार प्रसार गरिहेका छन् । नेवाः खल हम्बर्ग सस्थाले बिषेश गरेर नेपालीको पहिचान र नेवाः सस्कृतिहरुलाई बिदेशमा बस्ने सबैलाई नेपालीहरुलाई नेपालको झल्को आउने गरि समय समयमा कार्यक्रमहरु गर्दै आईरहेका छन् । 
सस्थाका संरक्षक कुमार नापित भक्तपुरको क्वाछें चासुखेल टोलमा १९६४ सालमा शिव नापित र आमा शोभा नापितको कोखबाट गरिव परिवारका जन्मेका थिए । दश जना सन्तानमा जेठो छोरा हो कुमार नापित पेशाले नापितको काम बाहेक अरु केहि आम्दानी श्रोत थिएन । १८ बर्षको उमेर मै परिवार पाल्ने जिम्मेवारी शुरु भयो भाई बहिनीहरुको पढाई लालन पोषणको जिम्मेवारी सम्हाल्नु पर्यो । करिवीका कारण राम्रो आम्दानीको लागि मेहनत गर्दै कामको खोजीमा लाग्दै गर्दा साथीहरुको लहलहैमा भारतको हरिवायानामा पुगियो । हरियाणामा एउटा कम्पनीमा काम गर्दै गर्दा लाठीचार्ज सिक्ने मौका मिल्यो र कामसँगै लाठाीचार्ज पनि सिक्दै गए । लाठी चार्जको कोर्स सकिएसँगै कम्पनील मुम्बईको साखामा पठाईयो । त्यहाँ पनि काम गर्दै लाठी चार्ज अभ्यासलाई निरन्तर दिने शिलशिलामा एक दिन डा. राजु खत्रीसँग भेट भयो । केहि दिन पछि उहाँले नै बलिउड सिनेमाका एक जना फाइट डाइरेक्टर मुहमद अली एकवलसँग भेट गराई दिनुभयो । उहाँसँग करिव दुई बर्ष जति फिल्मी फाईटको काम सिके पछि गुरु आफैले भारु ५०० तिरेर फाईटर एसोशियसनको सदस्यता लिईदिनु भयो । त्यस पछि हिन्दी फिल्ममा काम गर्ने मौका मिल्यो र पछि आफुले सिकेको जानेको शिप नेपाल मै गर्ने मनसायले केहि फिल्ममाा काम गरेर पछि नेपाल फर्कियो ।     
बच्चा बेलामा गोरो हसिलो फुच्चे केटा उहाँका ठुला बुबाका प्यारो भतिज थियो । ठुलो बुबा कृष्ण नापित भक्तपुर र उपत्यकमा नाम कहलिएका नेवाः कलाकार थियो त्योतिबेला । ठुलो बुबाका प्यारो भतिज भएकाले जहाँ गए पनिसँगै लाने गरिन्थ्यो । त्यसै सिशसिलामा बिभिन्न नाटक सिकाउने, देखाउने ठाउँमा पुगिन्थ्यो । हेर्दाहेर्दै नाटकमा रमाउन थाल्यो भने सँगसँगै नेपाली परम्परागत बाजागाजा बजाउने, देवी नाच जस्ता क्षेत्रमा रमाउन थाल्यो । त्यतिबेला राजधानी काठमोण्डौको बिभिन्न ठुला होटलहरुमा बिदेशी पर्यटकका लागि परम्परागत नेपाली बाजा बजाउने देवी नाच देखाउने गरिन्थ्यो । त्यसमा पनि सहभागी गर्दै गए तापनि घरमा आर्थिक समस्याका कारण राम्रोसँग खान लाउन नपाए पनि कला क्षेत्रमा रमाउन थाल्यो । 
करिव १७, १८ बर्षको उमेरमा पढाईमा राम्रो प्रगति गर्न नसकेतापनि बिभिन्न खेलकुद तिर लागियो । खेल सिक्दै जाने बेला उसलाई लाठीचार्ज तिर आकर्षित गरियो र त्यतै लागेर राम्रो खेलाडी बनेर भक्तपुरमा नाम कहलीने गरि सफलता हाँसिल गरियो । त्यतीबेला कुमार नापित भने पछि लाठिचार्जका गुरु भनेर समेत चिनिन थाल्यो भक्तपुर नगरमा नचिनिने कमै होला खेल क्षेत्रमा रमाउनेहरुमा माझ । गरिबीका कारण बिभिन्न क्षेत्रमा हात हाले पनि कुनै पनि काममा राम्रोसँग काम गर्न सकिएन र अवसर पनि थिएन । 
उमेर बढेसँग घरको जिम्मेवारी पनि थप्दै गयो । काममा सक्षम भए पनि त्यति बेला काम र आम्दानीको लागि राम्रो अवसर थिएन । परिवारमा बुबाको घरको पेशाले मात्र नपुग्ने भए पछि काम र आम्दानी गर्नको लागि बिभिन्न कामहरु गर्दै गए । सोही अवसरमा बिदेश जाने अवसर मिल्यो तर खल्तिमा पुग्ने पैसा नभए पनि साथिभाईको साथ सहयोगमा बिदेश उड्ने अवसर पायो । काम र मेहनत गर्दै गए एक दिन त अवस्य सफल हुन्छ भने उखानको सार्थक बन्यो र बिदेश उद्न पायो । आज उही कुमार नापित जर्मनीमा बसेर आफ्नै रेष्टुरेन्ट ब्यवसायसँगै समाज सेवा गर्दैआईरहेका छन् । 
 

Comments