देशको होइन, विदेशको माया गरेकोप्रति चिन्ता


माघ ९, २०७९, सोमबार | विहान ११:३० बजे | 30


देशको होइन, विदेशको माया गरेकोप्रति चिन्ता

भक्तपुर । नयाँं पुस्ताले आफनो देशमा वस्नुभन्दा विदेशमा जान मनपराउनु चिन्ताको विषय भएको भक्तपुरमा सोमबार आयोजित एक कार्यक्रममा बताइयो । नेपाल मजदुर किसान पार्टीको ४८ औ स्थापना दिवसको अवसरमा पार्टी निकटको नेपाल प्राध्यपक समाजले ख्वप कलेज भक्तपुरमा गरेको कार्यक्रममा उक्त चिन्ता व्यक्त गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समाजका केन्द्रिय अध्यक्ष सरोजराज गोसाईले युवा पुस्तामा देखिएको विदेश मोहप्रति चिन्ता व्यक्त गरे । कार्यक्रममा समाजका सदस्य डा राजुभाइ त्यात, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, उपप्राचार्य विष्णुप्रसाद किसीलगायतले देशको समसामयिक राजनीतिक विषयमा आआफनो धारणा राखे । कार्यक्रममा कलेजमा अध्यापनरत शिक्षक शिक्षिकाहरु सहभागी रहेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

देशको होइन, विदेशको माया गरेकोप्रति चिन्ता

Comments