एभरेष्ट स्कुलमा राष्ट्रगानको भाबबारे जानकारी


माघ ८, २०७९, आइतबार | विहान ११:४२ बजे | 45


एभरेष्ट स्कुलमा राष्ट्रगानको भाबबारे जानकारी

भक्तपुर । भक्तपुरको एभरेष्ट स्कुलमा राष्टगानबारे प्रशिक्षण दिइएको छ । राष्टगानका लेखक व्याकुल माइला (प्रदीपकुमार राई) ले आफूले लेखेको राष्टगानको भाब स्कुलका शिक्षक तथा विद्यार्थीलाई जानकारी गराएका थिए । स्कुलको कक्षा ९ र १० का विद्यार्थीका साथै शिक्षकहरुलाई यसबारे जानकारी गराइएको थियो । 

राष्टगानको भाव एउटै जाओस् भनेर नेपालमै पहिलो पटक यो कामको विजारोपण गरेको स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बताए । लेखकले जे भाबका साथ राष्टगान लेखेका हुन्, त्यही भाव देशैभरिका नेपाली एउटै रुपमा बुझोस भनेर कार्यक्रम गरेको उनले सुनाए । अव तपाईहरुले पनि राष्टगानको भाब यो हो भनेर घरपरिवार, छरछिमेक, आफन्तजनहरुमा सुनाइदिनुहोस्, प्रिन्सिपल राजभण्डारीले विद्यार्थीलाई भने । 

कार्यक्रममा लेखक व्याकुल माइलाले राष्टगानको एउटै भाव राष्टप्रेम रहेको बताए । यही भावका साथ राष्टगान लेखेको उनले सुनाए । उनले देश कसैको एकलौटी होइन, हामी सवैको हो भन्ने भावना राष्टगीतको मुख्य आधार रहेको बताए । 

२०६२।०६३ को सफल जनआन्दोलनसँंगै नयाँं राष्टगानको लागि देशभरबाट सरकारले आह्वान गरेको थियो । त्यसमा एक हजार दुई ससय ७२ वटा राष्टगानको प्रतिस्पर्धामा सहभागी थिए । ती राष्टगानहरुमध्ये सर्वाेत्कृष्ट राष्टगान छनौटका लागि स्वर्गीय सत्यमोहन जोशीको संयोजकत्वमा कार्यदल बनेको थियो । कार्यदलले व्याकुल माइलाले लेखेको सयौं थुंगा फूलका हामी एउटै माला नेपाली छनौट भएको थियो । राष्टगान ८ हरफमा ४५ शव्दको रहेको छ । 


Comments