नेमकिपाको प्रमुख प्रतिपक्षीको दाबीः सरकारी सुविधाको लागि होइन – का.रोहित


माघ ८, २०७९, आइतबार | विहान १०:४१ बजे | 30


नेमकिपाको प्रमुख प्रतिपक्षीको दाबीः सरकारी सुविधाको लागि होइन   – का.रोहित

भक्तपुर, माघ ८ गते । “एउटा राम्रो राजनैतिक संगठन तयार हुन पुस्तौं पुस्ता लाग्छ । पार्टीका अग्रज कार्यकर्ताहरुले सुस्ता बचाउ आन्दोलन, बाली काट्ने आन्दोलन, भ्रष्टाचर विरोधी आन्दोलन, मोहियानी हक कायम गर्न भएका आन्दोलनहरुमा गरेको योगदानको फलस्वरुप नै आज भक्तपुर शिक्षा, स्वास्थ्य, सरसफाइ लगायतका क्षेत्रमा देशकै नमुना बन्न सकेको हो ।” उक्त विचार नेपाल मजदुुर किसान पार्टीका केन्द्रीय अध्यक्ष श्रद्धेय का. नारायणमान विजुक्छें (रोहित) ले आज ४९ औं पार्टी स्थापना दिवसको अवसरमा अग्रज कार्यकर्ताहरुलाई सम्मान गर्ने क्रममा भन्नु भएको थियो । 
उहा“ले भक्तपुरका प्रत्येक १० घरमा १ घरका कोही न कोही भूमिगत जीवन वा जेल जीवन विताएको अनुभव पाइन्छ । अग्रज कार्यकर्ताहरुले देश र समाजको परिवर्तनको लागि गरेका कुनै पनि काम खेर जा“दैन, मान्छे भएर गर्नुपर्ने कामहरु गरेकाले कुनै पश्चाताप गर्नु पर्ने छैन भन्नुभयो । नवदुर्गा सहकारीमा भ्रष्टाचार गर्नेहरुलाई समयमै कार्वाही गरेको थियो, यहा“ कहिले पनि उदारवादी नीति अवलम्बन गरेको छैन । चोरी गरी परीक्षा पास गर्नु गलत हुने भएकोले अब्बल ढंगले अध्यापनमा जोड दिइयो । जनतालाई छलछाम गर्ने, फलाकावादी कुरा गरेर चुनाव जित्ने र चुनावबाटै समाजवाद आउने कुराको कहिल्यै पक्ष लिइएन भन्नुभयो । उहा“ले नेमकिपाले वर्तमान संसदमा नेमकिपा नै प्रमुख प्रतिपक्षी हुनुपर्ने दाबी गर्नु कुनै किसिमको सरकारी सुविधा पाउनको लागि होइन भनी प्रष्ट पार्नुुभयो । हामीले लेनदेनको होइन सिद्धान्तको कुरा गर्ने हो भन्नुहु“दै उहा“ले नेमकिपाले कम्युनिष्ट सिद्धान्तमा संशोधनवादी विचारहरुको सुरुदेखि नै विरोध गर्दै आएको छ भन्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद का. प्रेम सुवालले नेपालका नेकां, एमाले, माओवादी लगायतका पू“जीवादी पार्टीहरुलाई भारत लगायत विभिन्न देशहरुले चुनाव जिताउन सबै खाले बन्दोवस्त गरिदिने गरेको पाइन्छ, तर नेमकिपाले संधैं जनताको सहयोग र बलमै चुनाव लडिरहेको कुरा बताउनुहु“दै हामीले देशभरि समाजवादी गणतन्त्रको प्रचार गरी जनतामा रहेको भ्रमको अन्त्य गर्ने काम गर्दै आएको छ भन्नु भयो । उहा“ले समाजवादी गणतन्त्रले सबै जनतालाई शिक्षा, स्वास्थ्य लगायत सबै बन्दोवस्त गरी स्वदेशमै रोजगारीको सुनिश्चितता गर्ने भएकोले यसैको निम्ति संघर्षरत छौं भन्नुभयो । नेपालमा विद्यमान संविधान र ऐन कानुन अनुसार नेमकिपालाई नै प्रमुख प्रतिपक्षी दल घोषणा गर्नुपर्ने र यस विषयमा विभिन्न बुद्धिजीवि तथा विश्लेषकहरुले पनि बोलिसकेको छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सांसद का. सुरेन्द्रराज गोसाई नेमकिपाले आफ्नो स्थापनाकालदेखि आजसम्म कहिले पनि राजनैतिक गल्ती नगरेको यो नै ठूला दलहरुका निम्ति हा“क बनेको छ र यसले एमसीसी, एसपीपी, नागरिकता विधेयक जस्ता देशघाती विधेयकहरुको तीब्र विरोध गर्दै आएको छ, पार्टी स्थापना दिवसको अवसरमा अग्रज कार्यकर्ताहरुको सम्मान भएकोमा खुशी व्यक्त गर्नुहु“दै सम्मानित व्यक्तित्वहरुको सु–स्वास्थ्यको कामना गर्नुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य एवं बागमती प्रदेशका सांसद गीता काफ्लेले नेमकिपाले निर्वाचनमा जनताको माझ प्रस्तुत् गरेको घोषणापत्र बमोजिम नै जनताको बीचमा र प्रदेश सभामा भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्नुभयो । नेमकिपा केन्द्रीय सदस्य एवं भनपा ७ वडा अध्यक्ष उकेश कवांले नेपालमा कम्युनिष्ट पार्टीको स्थापना २००६ सालमा र नेमकिपाको स्थापना २०३१ सालमा भएको हो, नेमकिपा स्थापना हुनुमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा सैद्धान्तिक मतभेद भएको र सैद्धान्तिक रुपमा धेरै बहस भएपछि मात्र नेमकिपाको औपचारिक स्थापना भएको हो भन्नेकुरा प्रष्ट पार्नुभयो । 
७० वर्ष उमेर नाघिसकेका सम्मानित ११ जना पार्टी तथा जनवर्गीय संगठनहरुमा बसी पार्टीको निम्ति योगदान गर्ने अग्रज कार्यकर्ताहरु मध्येबाट आदर्श आजाद मा.वि.÷कलेजका पूर्व प्राचार्य नाती कवांले नेमकिपाले भारतीय विस्तारवादले अतिक्रमण गरी लिएको सुस्ता बचाउ अभियान, भ्रष्टाचार विरोधी आन्दोलन, शिक्षक आन्दोलन, विद्यार्थी आन्दोलन लगायतका आन्दोलनहरुमा अग्रज कार्यकर्ताहरुले पु¥याएको यागदानको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ का. नारायणमान विजुक्छें (रोहित) अग्रज किसान कार्यकर्ताहरुलाई दासल्ला आढाइ सम्मान गर्नुभएको थियो । 
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा निर्वाचित भएका सांसदहरुलाई बधाइ, शुभकामना दिनुका साथै नेमकिपाको मादल चिन्हमा छाप लगाइ मतदान गर्ने मतदाताहरुलाई धन्यवाद ज्ञापन समेत गर्न आयोजित उक्त कार्यक्रमको सभापतित्व आयोजक समितिका अध्यक्ष कृष्णगोविन्द खाइजूले, स्वागत मन्तव्य उपाध्यक्ष हरिरत्न गोर्खालीले र कार्यक्रम सञ्चालन बलराम गोसाइले सञ्चालन गर्नुभएको थियो ।

Comments