पोषणप्रति सजगअभिभावक


माघ ७, २०७९, शनिबार | विहान ०९:५९ बजे | 55


पोषणप्रति सजगअभिभावक

भक्तपुर, माघ ७ । बुक क्लब भक्तपुरको आयोजनामा भएको तीन दिने स्टुडेण्टस् बुक फेयरमा जनस्वास्थ्यविद् तथा पोषणविज्ञ डा. अरुणा उप्रतिसँग अन्तरसंवाद भएको छ । अन्तरसंवादमा उहाँले अस्पतालमा कार्यरत नर्सको आफ्ना बच्चालाई भएको कुपोषणले पारेको नकारात्मक प्रभावको अनुभव बताउँदै महिला स्वास्थ्य र पत्रु खानाको विषयमा आफ्नो अभियानको बारेमा चर्चा गर्नुभयो । उहाँले नेपाली समाजमा भएका समयबजी, योमरी, क्वाटी लगायत विभिन्न जातिगत एवं मौलिक परम्परागत खाद्य परिकार नै वैज्ञानिक रुपमा स्वस्थर सन्तुलित खाना भएको बताउँदै चाउचाउ, विस्कुट, कुरकुरे, पिजा लगायत तयारी खाजा र खानाले एकछिनको भोक मेटिँदा भविष्यमा विभिन्न किसिमका शारीरिक तथा मानसिक स्वास्थ्यमा समस्या आउने बताउनुभयो । सोही कार्यक्रममा उहाँले बजारमा विभिन्न खाद्य परिकारको विज्ञापन झुठको पुलिण्डा भएको बताउँदै नेपाली भान्साको प्रयोग नयाँ पुस्तामा हस्तान्तरण गरेमा पत्रु खानाको प्रयोग गर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । विदेशी दातृ राष्ट्रको सहयोगले संचालन भएको सामूदायिक विद्यालयमा दिवा खाजा कार्यक्रममा सरकारको असंवेदनशीलताले विद्यार्थी विभिन्न रोगको शिकार हुने प्रति सजग गराउँदै अभिभावक, शिक्षक तथा विद्यायलका प्रअ दिवा खाजालाई पोषिलो र सन्तुलित बनाउन सल्लाह र छलफलमा आवश्यक सहयोग गर्ने बताउनुभयो । डा. शर्मिला गाईजूले संचालन गरेको सो अन्तरसंवादमा विभिन्न विद्यालयका शिक्षक, प्रअ तथा अभिभावकले आआफ्नो जिज्ञासा राखेका थिए ।

Comments