भक्तपुरको नयाँ सिडिओमा खगेन्द्रप्रसाद रिजाल
माघ ७, २०७९, शनिबार | विहान ०५:०० बजे | 25
भक्तपुर । भक्तपुरको नयाँं प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा खगेन्द्रप्रसाद रिजाल भएका छन् । उनी सुर्खेतबाट भक्तपुरमा सरुवा भएका हुन् । भक्तपुरका सिडिओ हुमकला पाण्डे भने गृह मन्त्रालयमा सरुवा भएकी छिन् । गृह मन्त्रालयले ४६ जिल्लामा सिडिओ हेरफेर गरेको छ ।