चिनीको आपूर्ति व्यवस्थापनको माग


माघ ४, २०७९, बुधबार | विहान ११:४१ बजे | 15


चिनीको आपूर्ति व्यवस्थापनको माग

उपरोक्त बिषयमा निवेदन गर्दछौं कि नेपाल एक कृषि प्रधान देश भएतापनि धेरै खाद्यान्नबालीमा अहिले पनि पर निर्भरमा नै रहेको सर्वबिदित नै छ । नीतिगत तथा कार्यान्वयन तहमा देखिएको कमजोरीको कारण मुलुक केही मूख्य खाद्यान्न बालीमा आत्मनिर्भर तत्काल नै हुन सक्ने अवस्था रहंदा रहंदै पनि आत्मनिर्भर हुन सकेकोछैन । उखु, धान, मकै र गहूंमा नेपाल करिव करिव आत्मनिर्भरको स्थितिमा रहेको अवस्थाछ । तर यिनै खाद्यान्न ठूलो परिमाणमा बिदेशबाट आयात गरी आपूर्ति व्यवस्थापन गर्न नेपाल सरकार बाध्य भई रहेको र मांग, आवश्यकता र आपूर्ति सन्तुलनलाई व्यवस्थापन गर्न नसक्दा यस्तो स्थिति आएकोमा कसैको दुईमत नहोला भन्ने व्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यूमा अवगत गराउन चाहन्छौं ।

निवेदनमा उल्लेख गर्न चाहेको बिषय भनेको चिनीको आपूर्ति व्यवस्थापन हो । नेपालमा चिनीको खपत बार्षिक २८० हजार मेट््िरक टन रहेको र स्वदेशी उत्पादन (पूर्ण क्षमतामा चल्दा) करिव २४० हजार मेट््िरक टन मात्र हुने गरेकोछ । स्वदेशी उद्योगहरुले क्षमता भएर पनि उखु खरिदमा बिचौलियाको जगजगी, समर्थन मूल्य उचित रुपमा उचित समयमा नतोक्दा र उद्योगले किसानलाई दिने वस्तुको मूल्य र अनुदानको रकम भुक्तानी समयमा नपाउने कारणले बजारको आवश्यकता अनुसार चिनीको उत्पादन हुन नसकेको कारण बिदेशबाट चिनी आयात गरी आपूर्ति व्यवस्थापन मिलाउन सरकार बाध्य भई रहेकोछ । बिगतमा सरकारले नेपालको सार्वजनिक संस्थानहरु मार्फत स्वदेशी उत्पादनबाट नपुग चिनी बिदेशबाट आयात गरी बजारमा आपूर्ति गर्दै आएको भएतापनि यस बर्ष नेपाल सरकारको दुई मन्त्रालय अर्थ मन्त्रालय र बाणिज्य तथा आपूर्ति मन्त्रालय बिचको समन्वयको अभावको कारण चिनीको सहज आपूर्ति व्यवस्थापन भई रहेको छैन । 

छिमेकी मुलुक भारतले समेत ५ महिनासम्म चिनी निर्यातमा बन्देज लगाएको र चालु आ.ब.मा सरकारी संस्थानहरुबाट चिनी आयात गरी आपूर्ति व्यवस्थापन गर्न नदिएको कारणले छिमेकी मुलुक भारतमा अहिले पनि प्रति किलो नेपाली रुपैयां ४० को हाराहारीमा पाउने चिनी नेपालमा उपभोक्ताले मूल्य प्रति किलो ११० रुपैया तिरेर खरिद गर्न बाध्य भई रहेकोछ । बिदेशबाट बैधानिक रुपमा चिनी आयात नै नभएको अवस्थामा बजारमा चिनी कसरी आपूर्ति भई रहेकोछ भन्ने कुरा समेतको अध्ययन नगरी हचुवाको भरमा अर्थ मन्त्रालय बजारमा प्रसस्त चिनी आपूर्ति भई रहेको भनि रहंदा आम नागरिक लगायत सम्बध्द क्षेत्र समेत आश्चर्यमा परेकोछ । पूर्णतः तस्करहरुबाट आयातित चिनीले बजारको मांग धानि रहंदा बजार मूल्य अस्वाभिक रुपमा बढेको मात्र होइन यसले गर्दा राज्यले पाउने ठूलो परिमाणमा राजस्व गुमाई रहेकोछ । त्यस्तै स्वदेशी उत्पादनलाई निरुत्साहित बनाउने काम पनि भइ रहेकोछ । यस बिषयमा सम्माननीय प्रधानमन्त्री ध्यान गम्भिर रुपमा आकर्षित गराउन चाहन्छौं ।

Comments