विमान दुर्घटनाबाट मृत्यु भएकाहरुको सम्झनामा भक्तपुरमा दीप प्रज्वलन
माघ ३, २०७९, मङ्गलबार | विहान ०५:४८ बजे | 45
भक्तपुर । आइतबार पोखरामा विमान दुर्घटनामा परी दिवंगत हुनेहरुको सम्झनामा सोमबार भक्तपुरमा दीप प्रज्वलन गरिएको छ । जनस्तरबाट भक्तपुरका पाँंचतल्ले मन्दिर (न्यातापोल मन्दिर) अगाडि टौमढीमा दीप प्रज्वलन गरिएको हो । समाजसेवी सर्यू श्रेष्ठको आह्वानमा त्यहाँं दीप प्रज्वलन गरिएको हो । साँंझ साढे ६ बजेदेखि दीप प्रज्वलन गरिएको थियो । दीप प्रज्वलनमा सयौं भक्तपुर नगरबासीहरु स्वतस्फुर्ट रुपमा सहभागी रहेका थिए ।