आज भूकम्प सुरक्षा दिवस ः भूकम्पका बालका सोनिस एभरेष्ट स्कुलमा कक्षा दुईमा पढ्दै
माघ २, २०७९, सोमबार | विहान ०२:५० बजे | 30
भक्तपुर । २०७२ साल बैशाख १२ गते शनिबार गएको विनाशकारी महाभूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका बालक सोनिश अवाल अहिले भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलमा कक्षा २ मा पढिरहेका छन् । उनले स्कुलमा निःशुल्क रुपमा पढ्दै आएका छन् । स्कुलले उनलाई निःशुल्क पढाउँंदै आएको छ ।
एभरेष्ट इंगलिश स्कुल मिवाछें व्यासी भक्तपुरका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले सामाजिक उतरदायित्व अन्तर्गत सोनिशलाई आफूहरुले निःशुल्क पढाइरहेको बताए । सोनिशको अभिभावकले छोरा सोनोशिलाई आफनो स्कुलका अध्ययन गराउन चाहेको तर शुल्क तिर्न सक्ने क्षमता नभएको पाएपछि निःशुल्क पढाउँंदै आएको प्रिन्सिपल राजभण्डारीले जनाए । राजभण्डारीले कक्षा ५ सम्म निःशुल्क पढाइदिने प्रतिवद्धता जनाए । कक्षा ६ देखि वीरेन्द्र सैनिक आवासीय माविमा सेनाले निःशुल्क पढाइदिने प्रतिवद्धता यसअघि नै सार्वजनिक गरिसकेकाले त्यसअघिसम्मको कक्षा ५ सम्म निःशुल्क रुपमै आफूहरुले पढाइदिने उनले विश्वास दिलाए ।
‘हामीले उनलाई पहिलो पटक नर्सरीमा भर्ना लिएर निःशुल्क पढाउन थालेका थियौं, उनले भने, ‘पाँंच कक्षासम्म निःशुल्क अध्ययन गराउने यहाँमार्फत हामी प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।’ नर्सरी, जुनियर केजी, सिनियर केजी, एकदेखि पांँंचसम्म गरी आठ वर्ष निःशुल्क पढाइदिने प्रतिवद्धता उनले व्यक्त गरे । जुनियर केजीमा मात्रै एक वर्ष स्कुलमा भर्ना शुल्कसहित झण्डै ८५ हजार शूल्क लाग्ने स्कुलले जनाएको छ । उक्त शुल्क सोनिशको अभिभाबकसँंग नलिई स्कुलले निःशुल्क गरिदिएको हो ।
२०७१ मंसिर २९ गते जन्मेका सोनिश यसअघि गतवर्ष पहिलो पटक भक्तपुर नगरपालिका २ व्यासीस्थित एक्टिभ इन्सट्रक्सनल मोडेल स्कुल (एम्स्) मा नर्सरी कक्षामा भर्ना भएका थिए । तर सञ्चारमाध्यममार्फत् सोनिशका अभिभावकले चर्चित एभरेष्ट इंगलिश स्कुल मिवाछें भक्तपुरमा भर्ना गर्न चाहे पनि आर्थिक अभाबका कारण सामान्य स्कुलमा भर्ना गरेको समाचारमा उल्लेख भएपछि एभरेष्ट स्कुलले निःशुल्क रुपमा सोनिशलाई भर्ना लिई पढाउँंदै आएको थियो । समाचार प्रकाशित भएपछि स्कुलले अभिभावकसँंग छलफल गरी आर्थिक अवस्था कमजोर रहेको पाइएपछि निःशुल्क रुपमा सोनिशलाई भर्ना लिई पढाइरहेको हो ।
एभरेष्ट स्कुल भक्तपुरकै चर्चित स्कुल हो, जहाँं प्ले ग्रुपदेखि १० कक्षासम्म एक हजार दुई सय विद्यार्थी अहिले अध्ययनरत रहेको स्कुलले जनाएको छ । स्थापनाकालदेखि नै शतप्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल हुँदै आएका यो स्कुलले पहिलो पटक २०५२ सालमा स्कुलबाट विद्यार्थी एसएलसी परीक्षामा सहभागी गराएको थियो । स्कुलबाट २०५७ सालको एसएलसीमा छात्रातर्फ रमिला शिल्पकारले बोर्ड फष्ट भएकी थिइन् । साथै २०५९ सालको एसएलसीमा स्कुलका गितेन्द्रधर प्रधानांग बोर्ड सेकेण्ड हुन सफल भएका थिए ।
घर भत्केर भित्रै पुरिएका पाँंच महिने वालक सोनिशलाई भूकम्पको २२ घण्टापछि नेपाली सेनाले जिवितै सकुशल उद्धार गरेपछि एकाएक चर्चामा आएका सोनिश अहिले सेलिव्रटीको रुपमा छन् । यसैवीच जिल्ला प्रशाशन कार्यालय भक्तपुरले मुलुक नै शोकमा परेका कारण सोमबारको भूकम्प दिनव स्थगित भएको जनाएको छ । विक्रम संवत १९९० साल माघ २ गते दिउँंसो नेपालमा महाभूकम्प गएको दिनलाई प्रत्येक वर्ष भूकम्प सुरक्षा दिवसको रुपमा मनाइँंदै आएको छ ।