कमलबिनायक साकोस १५ औं साधारणसभा
माघ १, २०७९, आइतबार | विहान ०६:०९ बजे | 15
भक्तपुर, माघ १ । कमलविनायक बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारणसभा भक्तपुरको नगांचामा भक्तपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाको आतिथ्यतामा शनिबार सम्पन्न भएको छ ।
उनले उक्त सभाको उद्घाटन गर्नुहुँदैे आर्थिक कारोबारसँगै सामाजिक गतिविधिमा पनि सहकारी संस्था निरन्तर रुपमा लाग्नुपर्ने बताएका थिए ।
उनले संस्थाका सदस्यहरुको आर्थिक समृद्धिमा रुपान्तरण भएसँगै सांस्कृतिक स्तर उकास्न र सदस्यहरुको व्यक्तित्व विकास गर्न विभिन्न कार्यक्रम, तालिम तथा गोष्ठीहरु संचालन गर्नुपर्ने बताउँदै नगरपालिकाद्वारा गर्दै आइरहेको विभिन्न सेवा कार्यक्रमहरु बारे जानकारी दिए ।
सोही सभामा जिल्ला बचत संघका सचिव जगनाथ प्रजापतिले समूदायमा आधारित सहकारीमा समदायका सदस्यले नै बचत तथा ऋण कारोकार गर्ने हँुदा जोखिम न्यून हुने बताए ।
उक्त सभामा सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले प्रत्येक वर्ष हुने सहकारीको वार्षिक साधारणसभामा सदस्यको उपस्थितिले सहकारीको सही मूल्यांकन भएको बताए ।
गुरु गणेश बचत तथा ऋण सहकारी र भक्तपर बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएको उक्त कार्यक्रममा संस्थाका सचिव, कोषाध्यक्ष तथा लेखा सुपरिवेक्षण समितिका संयोजकले आ-आफ्नो वार्षिक प्रतिवेदन प्रस्तत गरेका दिए ।
सोही सभामा १५ जना जेष्ठ नागरिकको सम्मान, ७७ जना संस्थापकहरुलाई कदरपत्र, असल बचत कर्ता जिना तजले, असल ऋणी न्हछेभक्त कुटुव तथा असल बाल बचत कर्ता प्रयुश मगजूलाई प्रशंसा पत्र वितरण प्रमुख अतिथि लक्ष्मीप्रसाद ह्यौमिखाले गरेका थिए ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद लाखाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सदस्य लक्ष्मीप्रसाद चवालले समेतले बोलेका थिए ।