भक्तपुरका नवनिर्वाचित संघीय र प्रदेश सांसदहरुलाई बधाई तथा सचेतना
पुष ३०, २०७९, शनिबार | विहान ०९:१५ बजे | 35
भक्तपुर । भक्तपुर जिल्लाबाट निर्वाचित संघीय तथा प्रदेश सभा सदस्यहरुलाई शनिबार भक्तपुरमा एक कार्यक्रमको आयोजना गरी बधाई, शुभकामना तथा मानब अधिकारबारे सचेतना दिइएको छ । राष्टिय मानव अधिकार प्रतिष्ठान जिल्ला शाखा भक्तपुरले सांसदहरुको लागि सम्मानमा आयोजित कार्यक्रममा बधाई, शुभकामना तथा मावन अधिकार सचेतना कार्यक्रम २०७९ भएको हो ।
कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिक दुवैबाट निर्वाचित सांसदहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा उनीहरु सवैलाई राष्टिय मानव अधिकार प्रतिष्ठानका केन्द्रिय अध्यक्ष भवानीप्रसाद खरेलले दोसल्ला ओढाई प्रमाणपत्र वितरण गरेर सम्मान गरेका थिए ।
भक्तपुरबाट संघीय र प्रदेश गरी कुल १४ जना निर्वाचित भएका छन् । भक्तपुरमा प्रत्यक्षतर्फ दुई जना र प्रदेशतर्फ चार जना सांसदहरु निर्वाचित भएका थिए । कार्यक्रममा संघीयतर्फ एकजना र प्रदेशतर्फ पाँंच जना सांसदहरु बधाई खान पुगेका थिए ।
संघीयतर्फ भक्तपुर क्षेत्र न १ मा नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट दुलर्भ थापा प्रत्यक्षमा निर्वाचित भएका थिए । यस्तै प्रदेशतर्फ भक्तपुर क्षेत्र नं १ क चाँंगुनारायणमा नेपाली कांग्रेसबाट सुरेश श्रेष्ठ, १ ख भक्तपुरमा नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाई निर्वाचित भएका थिए । त्यस्तै भक्तपुर क्षेत्र नं २ क सूर्यविनायकमा नेकपा एमालेबाट किरण थापा र २ ख मध्यपुर थिमिमा नेकपा एसबाट डा राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका थिए ।
यसबाहेक यहाँं संघतर्फ समानुपातिकमा नेपाली कांग्रेसबाट रमा कोइराला र राष्टिय स्वतन्त्र पार्टीबाट सन्तोष परियार निर्वाचित भएका थिए । साथै प्रदेशतर्फ नेपाल मजदुर किसान पार्टीबाट सृजना सैंजू र गीता काफ्ले, नेकपा माओवादी केन्द्रबाट देवेन्द्र श्रेष्ठ र भुवनकेशरी श्रेष्ठ तथा नेकपा एमालेबाट सुलोचना श्रेष्ठ राजभण्डारी समानुपातिकबाट निर्वाचित भएका थिए ।
कार्यक्रममा सम्मानित सांसदहरु तथा आयोजक प्रतिष्ठानका जिल्ला अध्यक्ष डा राजेन्द्र कोजूलगायतले मानव अधिकारको महत्वबारे चर्चा गरेका थिए ।