बागमति प्रदेशको उपसभामुखमा नेमकिपाकी काफ्लेको उम्मेदबारी
पुष ३०, २०७९, शनिबार | विहान ०३:५५ बजे | 40
हेटौँडा । वागमती प्रदेशको उपसभामुखको लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ । वागमती प्रदेश सचिवालयका अनुसार उपसभामुखको लागि सत्ता गठबन्धनको तर्फबाट एमालेकी अप्सरा चापागाईं, नेपाली कांग्रेसकी सुना परियार तथा नेपाल मजदुर किसान पार्टीकी गिता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् ।
नेमकिपाका काफ्लेलाई सृजना सायजु प्रस्तावक तथा सुरेन्द्रराज गोसाइँको समर्थन रहेको छ । बागामती प्रदेश उपसभामुखको निर्वाचन माघ २ गते हुने प्रदेश सभा सचिव कृष्णहरि खड्काले बताए ।