नेपाल राष्ट्रिय ज्ञानमाला सम्मेलन २०७९ पूर्ण सफलताका साथ सुसम्पन्न
पुष २५, २०७९, सोमबार | विहान ०९:३६ बजे | 25
पौष २५ ।
समाचारदाता स्वतन्त्र पत्रकार डा. इन्दुल केसी, भक्तपुर
यही पौष २३ गतेदेखि तीन दिनसम्म बनेपा, काभ्रेमा भएको दशौं राष्ट्रिय ज्ञानमाला सम्मेलन आज सुसम्पन्न भएको छ । उक्त सम्मेलनमा नेपालका विभिन्न जिल्लाहरु – काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, रुपन्देही, पाल्पा, पोखरा, मकवानपुर, सुनसरी (धरान)का ज्ञानमाला भजन खलःहरुले आआफ्नो भजन खलःका बाद्यबाधक एवम् गायकहरुको समूहले संगीतमय भजनहरु प्रस्तुत गरेका थिए । उक्त भजन खलहरुमा भक्तपुरका निम्न लिखित ज्ञानमाला भजनहरुको विशेष सहभागिता रह्यो । १) दिपंकर ज्ञानमाला खलः, क्वाठण्डौं, भक्तपुर २) चर्तुब्रम्ह ज्ञानमाला भजन खलः, साकोठा, भक्तपुर ३) नगदेश ज्ञानमाला भजन खलः, नगदेश, मध्यपुरथिमी ४) बासुकी ज्ञानमाला भजन खलः, नगदेश, मध्यपुरथिमी ५) लोकेश्वर ज्ञानमाला भजन खलः, इताछें, भक्तपुर ६) दिव्यश्वरी ज्ञानमाला भजन खलः, लोकन्थली, ७) लोकन्थली भजन समूह, लोकन्थली ८) लोकेश्वर ज्ञानमाला भजन खलः, मध्यपुरथिमी, ९) मैत्रीय ज्ञानमाला भजन खलः, चोडे, मध्यपुरथिमी १०) सिद्धिमंगलधर्मदीप ज्ञानमाला भजन खलः, गोल्मढी, भक्तपुर ११) आनन्दभूमी ज्ञानमाला भजन खलः, गोल्मढी, भक्तपुर १२) जेलां ज्ञानमाला भजन खलः, भक्तपुर १३) तथागत ज्ञानमाला भजन खलः, तिनाछें, साकोलान १४) पुलाँसः ज्ञानमाला भजन खलः, तेखाचो, भक्तपुर १५) वाँचुहिटी ज्ञानमाला भजन खलः, वाँचुहिटी भक्तपुर रहेका छन् ।
यस सम्मेलनले आगामी एघारौं राष्ट्रिय ज्ञानमाला सम्मेलनका लागि ज्ञानमाला संघ, धर्मशीला बुद्ध विहार पोखरालाई पाःब्व हस्तान्तरण गरियो । यस सम्मेलनको सभापति श्रीमती रमना श्रेष्ठ, ने.रा.ज्ञा.सं. काठमाडौंले आफ्नो सागर्वित मन्तव्य सहित सम्मेलनलाई विसर्जन गर्नुभयो ।
बदअमपजबदबच यलष्लिभ मा प्रसारित समाचार