राष्टिय ज्ञानमाला सम्मेलन २०७९ सुरु


पुष २४, २०७९, आइतबार | विहान १२:३७ बजे | 15


राष्टिय ज्ञानमाला सम्मेलन २०७९ सुरु

समाचारदाता पत्रकार डा इन्दुल केसी
बुद्धको उपदेश अनुसरण गरौं, चितलाई हामी परिशुद्ध गरौं भन्ने मुल नाराका साथ नेपाल राष्टिय ज्ञानमाला केन्द्रिय समितिको आयोजना तथा वांख्य ज्ञानमाला भजन खल बनेपा काभ्रेको व्यवस्थापनमा २०७९ पुस २३ गतेदेखि तीनदिने १० औं राष्टिय ज्ञानमाला भजन सम्मेलनको समुदघाटन कार्यक्रम सम्पन्न भयो । बोधीमत प्रज्वलन गरी सुरु गरिएको यस कार्यक्रममा काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुरलगायत देशका विभिन्न ७५ वटा ज्ञानमाला भजन खलहरुले आआफनो ब्यानर, बाजागाजाका साथ बनेपा नगरमा बुद्धको मूर्तिको शोभायात्रा गरिएको थियो । उदघाटन समारोहको अध्यक्षता नेपाल राष्टिय ज्ञानमाला समितिका अध्यक्ष श्रीमति रमना श्रेष्ठले गर्नुभएको थियो । समारोहमा बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यलगायतका ५० औं जना विशिष्ट महानुभाबहरुको उपस्थिति रहेको थियो । उक्त समारोहमा पञ्चशिल प्रार्थना, सामूहिक आह्वान गीतका साथै संगीतमय ज्ञानमाला भजनहरु प्रस्तुत गरिएका थिए ।

Comments